Breaking

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु


काठमाडौँ – ओखलढुंगाको रुम्जटारबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो । २० यात्रु रहेको बस प्रहरीको अनुमान छ ।

प्रहरी घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।