Breaking

उपराष्ट्रपति पदका उम्मेदवार, मेयर हारेकादेखि राष्ट्रपतिका प्रत्यासीसम्म, यस्ता छन उनीहरुका राजनीतिक यात्रा


काठमाडौँ — आगामी चैत्र तीन गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपति पदका लागि शनिवार एमाले र गठबन्धनका गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ । को–को छन त उम्मेदवार, के छ उनीहरुको राजनीतिक पृष्ठभूमि ? पदीय मर्यादा र बरियताका हिसावले दोस्रो ठुलो सम्मानित पद हो उपराष्ट्रपति पद । राष्ट्रिय राजनीतिमा खासै प्रभाव नरहे पनि राजनीतिक दल र नेतृत्वका लागि उपराष्ट्रपति पदमा हानथाप हुनु स्वभाविक नै हो ।

नयाँ राष्ट्रपतिको चुनाव सम्पन्न भएलगत्तै मुलुक उपराष्ट्रपतिको निर्वाचनमा होमिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति बन्न दल र नेताहरुको दौडाह सुरु भएको छ । मुलुकको नयाँ उपराष्ट्रपतिका लागि एमालेबाट एक र गठबन्धनका तीनजना गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिलाकुमारी यादव उम्मेदवार छन भने जनमत पार्टीका ममता झाले पनि उम्मेदवारी दिएकी छिन् ।

एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्य हाल पार्टीमा उपाध्यक्ष छिन् । पार्टीभित्र सक्रिय महिला नेतृमध्येमा पर्छिन । पटक–पटक सांसद, केन्द्रिय सरकारको मन्त्री हुँदै पहिलो महिला मुख्यमन्त्री समेत बनिन् । राष्ट्रपतिका दावेदार मानिएका उनी गत चुनावमा पार्टीले टिकट दिए पनि चुनाव लडिन्न । सबै कम्युनिष्ट एक हुनुपर्ने जोडवल गरिरहेकी शाक्य नेपालको कम्युनिष्ट आन्दोलनका एक जुझारु, परिपक्व महिला नेतृ हुन् । गठबन्धनको सहमति अनुसार जसपाबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादव प्रभावशाली नेता मध्येका एक हुन् ।

२०६२/६३ को जनआन्दोलनदेखि नै राजनीतिमा सक्रिय जसपा संसदीय दलका नेता हुन् । पटक–पटक सांसद भएका पूर्वमन्त्री समेत रहेका यादव भर्खरै सम्पन्न चुनावमा बारा दुईबाट निर्वाचित सांसद हुन् । मधेश आन्दोलन र मधेश राजनीतिमा यादव प्रभावशाली नेता मानिन्छन् । जसपा अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहनाले यादवलाई उपराष्ट्रपति पदका लागि ढोका खुलेको हो । अध्यक्ष यादव, रामसहायलाई उपराष्ट्रपति बनाएर बारा दुईमा चुनाव लड्ने र संसद प्रवेश गर्ने रणनीतिमा छन् ।

निर्वाचन आयोगले महिलामा अडान नछोडेपछि जसपा सांसद प्रमिलाकुमारी यादव पनि उपराष्ट्रपतिको उम्मेदवार बनेका छन । उनी प्रदेश दुईबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद हुन् । मधेश आन्दोलन र मधेश राजनीतिमा सक्रिय महिला नेतृको रुपमा यादव सुपरिचित छन । जनमत पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झा सप्तरी जिल्ला इन्चार्ज हुन् । गत स्थानीय तहको निर्वाचनमा सप्तरीको राजविराज नगरपालिकामा मेयरमा पराजित भएकी हुन ।

यसअघि उनी सदभावना पार्टीमा थिइन । ९ वर्ष पहिले साझा प्रकाशनको अध्यक्ष एवं महाप्रवन्धक हुँदा पदको दुरुपयोग गरेको आरोप उनीमाथि छ । उनी साझाको केन्द्रिय भवन बनाउन दिइएको रकम घोटलामा मुछिएका पात्र हुन् । उपराष्ट्रपति पदका लागि को–को मुख्य प्रतिस्पर्धी हुन्छन् त्यसको निक्र्यौल भोलि नै हुनेछ । तथापि आगामी उपराष्ट्रपति पदमा नयाँ र पुराना नेताहरु उम्मेदवार छन ।