Breaking

“ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको”मन्त्री किँरातीको भनाइ


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदनमन्त्रीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताउनुभएको छ ।शनिबारबाट सुरू भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिनुभयो । मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं भन्दै प्रश्न गर्नुभयो ।


साँस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताउनु हुँदै मन्त्री किराँतीले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरुलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिनुभयो ।सो अवसरमा मन्त्री किराँतीले आफैं कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाईमा सरिक हुनुभएको थियो । अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाई अभियान सञ्चालन हुनेछ ।