Breaking

ओलीलाई धोका प्रचण्डको कित्तामा रवि, मौरी छोडी झिंगा रोजेको आरोप,सत्तायात्रा रोजेकोमा स्वतन्त्रको आलोचना


काठमाडौँ — सत्तासमीकरण फेरबदल र राष्ट्रपति निर्वाचनको नतिजासँगै नयाँ वैकल्पिकशक्ति रास्वपामाथिविभिन्नप्रश्न तेर्सिएको छ । नयाँ पार्टी पनिउही पुरानै पार्टीको जस्तै सत्तामोहमालिप्तहुँदाजनअपेक्षामाथि कुठाराघात भएको छ । मंसिर ४ गते सम्पन्नआमनिर्वाचनकबाट राष्ट्रिय स्वतन्त्र पार्टी अनपेक्षित रुपमानयाँ वैकल्पिकशक्ति बनेर उदायो । ठूला भनिएका राजनीतिकदल र तिनकाप्रभावशाली नेतालाई पाखालगाउँदै उदाएको रास्वपालाई नागरिकले पहिलो प्रयासमा संसदमाचौथो ठूलो शक्तिबन्ने टिकट दिए । जसका कारण सदनले २० जनानयाँअनुहार पायो । तर, वैकल्पिकशक्तिभनेर आश छरेको रास्वपापनि सत्तामोहमा नै लिप्तभएको उनीहरुले चालेका कदमले पुष्टि गरेको छ ।

रास्वपाले न त आफ्नो एजेण्डामा रहेर कामगर्न सकेको छ, न नै प्रतिपक्षी बनेर जनताले आश गरेको जस्तो बुलन्दआवाजबोल्न सकेको छ । नयाँ सरकार गठन भएको दुई महिनासम्मपनिशक्ति पृथकी करणमा नै अल्झिरहेको पार्टी विधान नै मिचेर अघि बढेको छ । गैरदलीयव्यक्तिलाई नै राष्ट्रपतिमा चयन गर्नु पर्ने पार्टीको वाचापत्रमाउल्लेख गरे पनिअन्तिम समयमा राजनीतिका सक्रिय रामचन्द्र पौडेललाई भोट लिएर वाचापत्रलाई लत्याएको छ । ४२ दिन सरकारमा रहेको रास्वपाको सत्तामोह उही पुरानै पार्टीको भन्दाकम रहेन । रास्वपा सभापतिको नागरिकताविवादउत्कर्षमाहुँदै गर्दा सत्तामाओलीबलियाथिए र, उनीओलीपक्षमा देखिए । अहिले प्रचण्ड बलिया छन् अनिउनको राहदानीविवादअदालतमा नै छ ।

रास्वपा सरकारबाट त बाहिरिसक्यो । तर, प्रचण्ड सरकारको साथभने छोड्न सकेको छैन । पिपलपाते जस्तै जतापनिफर्किरहेको पार्टीले सत्ता र शक्तिको मोह छोड्न सकेको छैन । विभिन्नप्रश्नकाबीचओलीले प्रचण्डलाई रुष्टै बनाएर भएपनिमाओवादीको भागमा परेको मन्त्रालय लामिछानेलाई दिँदै उपप्रधान सहित गृहमन्त्रालय सुम्पिएकाथिए । तर, पुस १० को सहमतिको साक्षी बनेका रास्वपा सभापति रवि लामिछानेले ओली–प्रचण्डको तिक्ततामेटाउन ‘खास्सै’पहलकदमीचालेको देखिएन । त्यसैले अहिले रास्वपाले सत्ता र शक्तिको कारणले आफूहरुलाई धोका दिएको आरोप एमालेले लगाउने गरेको छ ।

निर्वाचनबाट आशाको केन्द्र बनेर आइसकेपछि रास्वपा सत्तापक्षभन्दाप्रतिपक्षमा बस्नु पर्ने जनआवाज ठूलो थियो । त्यसलाई लत्याएर सत्तामाआकर्षित भएको पार्टीलाई अझै पनि सत्ताको नशाउत्रिएको छैन । राजधानीमाभइरहेको राहदानीको अनुसन्धान, चितवन–२ को उपनिर्वाचन र भोली सत्तायात्राको ढोका खुल्लै राख्नपनिओली कित्ताबाट प्रचण्डमा हामफालेको हुनसक्छ । तर उनको यो सत्तामोहका कारण आममानिसको विश्वास र अपेक्षामाथिभने कुठाराघात भएको छ ।