देश

सिटौला पक्षका नेविसंघले गरे छुट्टै भेला, लोकप्रिय विद्यार्थीलाई चुनावमा टिकट नदिइए बिद्रोह गर्ने चेतावनी


काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट रहेका नेविसंघका नेताहरूले शुक्रबार काठमाडौंमा छुट्टै भेला गरेका छन् । स्ववियु चुनावमा लोकप्रियलाई उम्मेदवार बनाउन पनि उनीहरूले माग गरेका छन् । लोकप्रिय विद्यार्थीलाई स्ववियु चुनावमा टिकट नदिइए बिद्रोह गर्ने चेतावनी उनीहरूको छ ।

नेविसंघ पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले लोकप्रिय विद्यार्थीलाई स्ववियुमा टिकट नदिइएमा बिद्रोह गरिने बताए। कुनै गुट विशेषका आधारमा टिकट दिन नहुने उनको भनाइ थियो ।