Breaking

माओवादी धारका पार्टीहरूको बैठक बालुवाटारमा बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा (फागुन २३ गते) द्वन्द्वकालीन दुईवटा मुद्दा दर्ता भएपछि झस्किएका माओवादी धारका पार्टीहरूको बैठक आज पनि बस्दै छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ८ बजे बस्ने तय भएको छ । यसअघि बालुवाटारमै भेला भएका माओवादी धारका पार्टीहरूबीच दोस्रोपटक छलफल हुन लागेको हो ।