Breaking

गणतन्त्रका प्रतीक रामचन्द्रलाई राजावादीको चुनौती (भिडियोसहित)


काठमाडौँ — मुलुकको सर्वोच्च निकाय राष्ट्रपति संस्था राष्ट्रको अभिभावक संविधानको संरक्षक हो । तर यसअघिका राष्ट्रपतिहरुको भूमिकाका कारण राष्ट्रपति पद पटक–पटक विवास्पद र बदनामको अवस्थामा छ । राष्ट्रपति निर्वाचन मार्फत मुलुकले नयाँ राष्ट्रपति पाएको छ । नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले विग्र्रिँदै गएको राष्ट्रपति संस्थाको छवि सुर्धना सक्लान् ?
बिहिवार संघीय संसद भवनमा मुलुकको नयाँ राष्ट्रपतिका लागि धमाधम मतदान हुँदै थियो । केहीपर माइतीघर मण्डलामा राष्ट्रपति संस्था विरुद्ध विरोध र चर्को नारावाजी चलिरहेको थियो, त्योपनि राष्ट्रपति संस्था विरुद्ध ।

बिहिवारको यो घटना एउटा उदाहरण मात्र हो । राष्ट्रपतिको शैली र व्यवहारले शीतलनिवास धेरैका लागि घाँडो बनेको छ । यसअघिका पहिलो राष्ट्रपति रामवरण यादव हुन वा कार्यकाल सकिँदै गरेकी विद्यादेवी भण्डारी । उनीहरुको भूमिकाले मुलुकको सर्वोच्च संस्था अभिभावकीय निकाय राष्ट्रपति पद नै निरन्तर विवादमा पर्दै आएको छ । संविधानको संरक्षक, गणतन्त्रको आदर्श संस्था आलंकारिक राष्ट्रपति पद राष्ट्रध्यक्षहरु स्वयं निष्पक्ष बन्न नसक्दा विवादस्पद मात्र भएनन् सार्वजनिक आक्रोश र आलोचनाको शिकार बनेका छन ।

राष्ट्रपति पद मुलुककै अभिभावकीय र आलांकारिक हो । तर मुलुकको अस्थिर राजनीतिक अवस्थामा राष्ट्रपतिले कार्यकारीकै झल्को दिनेगरी खेलेको भूमिका धेरैका लागि पाच्य भएन । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिको ठाडो बेलाबेलामा हस्तक्षेप गरिरहँदा मुलुकको आन्तरिक राजनीति नै तरंगित हुने गरेको छ ।

संसदमा रहेको अंकगणितका कारण राजनीति अझै अस्थिरताकै अवस्थामा छ । अभिभावक छान्ने प्रक्रियामा सडकदेखि सदनसम्मै विरोध छ । राष्ट्रपति निर्वाचनकै दिनमा सडकमा विरोध हुनु पक्कै पनि सुखद होइन । संसदमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा लगायतका दलले राष्ट्रपतिलाई भोट नै खसाएन्न् । यस्तै परिदृश्य हेर्दा पनि यो शिलशिलाले निरन्तरता पाउने आशंका बढ्दो छ । अझ स्थिति थप नाजुक हुने कि भन्ने डर बढ्दो छ ।

झण्डै अढाई सय वर्ष पुरानो राजतन्त्रलाई फ्याँकेर जनताका छोराछोरी राष्ट्र प्रमुख हुन पाउने व्यवस्था अर्थात् गणतन्त्र स्थापना त गरियो तर गणतन्त्रभित्र नेतृत्वको ‘अगणतान्त्रिक’ व्यवहारले असन्तुष्टि चुलिँदो छ । राष्ट्रको प्रतिष्ठित र आलंकारिक संस्था अझ विवादमा तानिनु र आलोचित बनिरहनु मुलुकका निम्ति पनि हितकर हुन सक्दैन ।

विवाद र आलोचित शितलनिवासप्रतिको सोँच बदल्न त्यति सहज पक्कै छैन । यस्तो अवस्थामा शितलनिवासले जनताको सोच बदल्न सक्छ वा पुराना पात्र सरह पुन विवादको चाङ थप्ने हो, तत्काल अनुमान गर्न कठिन छ । तथापि आक्रोश र आलोचना चिर्नु टड्कारो विषय भने बनेको छ ।