Breaking

जमेको नेपाली टोली पपुवा न्युगिनीमाथि नेपालको रामधुलाई, विश्वकप छनोटको सम्भावना कायमै


काठमाडौँ — ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा भएको अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको हो । नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो ।

पीएनजीका लागि नर्मन भानुवाले ५५ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । भानुवाले ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर टोनी उराले ४४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ९ चौका प्रहार गरेका उरा सन्दीप लामिछानेको बलमा आउट भए । कप्तान असद भाला ४२ रन बनाउँदै कुशल मल्लको बलमा आउट भए । ओपनर किप्लिन डोरिगा २६ रनमा रन आउट भए । राईली हेरुकेले २० रन बनाउँदा चाल्स अमिनीले १४ रन बनाए ।

पीएनजीलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । सन्दीपले १० ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभर १ बलमा ३७ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चिएर विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यी दुइबीच १ सय १० रनको साझेदारी भएको थियो । भीम सार्कीले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए ।

यसै खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पु¥याएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् । दोस्रो खेल नेपालले फागुन २८ मा यूएईसँग खेल्नेछ । फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्ने छ । विश्वकप लिग टूको अन्तिम खेलमा चैत २ मा यूएईसँग खेल्नेछ । नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा ३४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नेपालले अब खेल्न बाँकी ३ खेल जितेमा विश्वकप छनोट खेल्नका लागि छनोट हुनेछ ।