Breaking

अन्तत रामचन्द्रलाई न्याय ! रविको पनि साथ,कसरी बन्लान फरक राष्ट्रपति ?


कामाडौँ — आठदलिय समर्थनमाकांग्रेसबाट उम्मेद्वार बनेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचितभएसंगै देशले चौथो राष्ट्रपति पाएको छ । दुई पूर्वसभामुख र राम्रो छवि बनाएका हस्तीहरुको प्रतिस्पर्धामाउनी निकटम प्रतिद्धन्द्धी सुवास नेम्बाङलाई पराजितगर्दै निर्वाचितभएकाहुन । जसलाई उनीनिकट व्यक्तिहरुले भने न्यायपौडेलमाथिको न्यायको संज्ञा समेत दिएका छन । शब्दचयनको सुविधाअनुसार राष्ट्रिय सहमतीको दावीगरिएकारामचन्द्र पौडेलको फागुन १३ गतेपछिका दिन उल्लासपूर्ण नतिजाको प्रतिक्षामाथिए । संसदीय र पार्टी राजनीतिमाहारको पर्यायका रुपमा देखिएकाउनी यो पटक राष्ट्रकै अभिभावकबन्ने दौडमा थिए । त्यो वलियो अंकगणितिय धरातलका साथमा ।

फलतः उम्मेद्वारी दर्ताताकाबाटै निकै खुशी देखिएकाउनको त्यो खुसि रोक्न खोज्दाखोज्दै पनि बेलाबेलापोखिन्थो । अर्कातर्फ कमविवादीत र विगतमापनि सभामुखभइसकेका उनलाई समाजवादीचिन्तक,पार्टीभित्रै पनिमध्यमार्गी अनि सौम्य व्यक्तिका रुपमाविज्ञापन गर्नेहरु प्रसस्तै थिए ।जितनिश्चितहुँदापनि बडो संयमित देखिएकाउनीमतमाग्दापनिनम्र रुपमा प्रस्तुतभइरहेका थिए । एकातर्फ बलियो अंकगणित अर्कातर्फ पार्टीभित्रैबाट पनिकमअवसर पाएकाउनीप्रतिन्याय गरेको भन्ने आफू अनुकुलको व्याख्यापाएर पनि हुुनुपर्छ बिहिबार पनिउनीनिकै खुसीको मुद्रामाबिहानै संसद भवनपुगे ।

राष्ट्रपतिबारे हुने गरेको आलोचनाकाविषयमाप्रश्नगर्दा समेत आफू पूर्ववतीबारे केहि टिप्पणी नगर्ने बताएकाउनले शितलनिवासबाट बाहिर निस्किँदा सडक जामहुने समस्याजनताले व्यहोर्न नपर्ने बताउँदै आएका छन । राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नताआफूले अनुभुत गराईदिने बताएकाउनले विगत सँम्झिदै आफू धुलोमैलोबाट उठेर आएको किसानको छोरा भएको बताएकाथिए ।

त्यसले एउटा पदमापुग्दैमाआफूलाई फरक पार्दैन भन्ने लाग्नेबताएकाउनले आफ्नोे कर्तव्य संविधानको रक्षागर्ने भएको बताए । सबै माननीयले इतिहास र योगदानको मूल्याकंन गरेर आफूलाई मतहाल्ने आशाव्यक्त गरेका उनले मतदानकालागिमाननीयहरू आउनलाग्नु भएको भन्दै उहाँहरूलाई नमस्कार गर्न चाँडै आएको भन्न समेत भ्याए । यद्यपिजितपहिलै नै निश्चितभएको अवस्थामाउनले भोट माग्नु केवलऔपचारिकतामात्रै थियो भने मतदातापनिदवावमाथिएनन् ।

हुनपनिउनीपूर्वअनुमानितझण्डै ७हजार बढि मतभारले विजयी बने । पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याएभनेसंघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार उनले प्राप्त गरे ।जहाँएमाले उम्मेदवार नेम्वाङले भने १५ हजार ५ सय १८ मतभार मात्रप्राप्त गरे । जसमध्ये संघमा ७हजार ७ सय ४२ र प्रदेशमा७हजार ७ सय ७६ मतभार आएको छ।पौडेललाई कांग्रेस, नेकपामाओवादी केन्द्र, जसपा, नेकपाएकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।राप्रपा र नेमकिपाभने राष्ट्रपति निर्वाचनमा सहभागी नै नहुँदाअन्तिम समयमाआएर राष्ट्रिय स्वतन्त्र पार्टीले पौडेललाई मतदानगर्ने निर्णय गरेको थियो ।

कांग्रेस नेताहरु पनियसलाई उनीमाथिको न्यायको रुपमाअथ्र्याउँछन । यो उनको सम्माजनकव्यवस्थापनभएको बताउने उनीहरु ट्रयाक भन्दाबाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउनपौडेललको नेतृत्व महत्वपूर्ण हुने दावी गर्छन । हुन त पौडेल विगतमापनिअवसर नै नपाएका नेताभने हैनन् । तर प्रष्ट र कडा रुपमा प्रस्तुतहुननसक्ने उनले सँधै त्याग नै गरेको रुपमा सहानुभूति देखाउनेहरु नै धेरै छन ।यहि परिस्थितिमाशेरबहादुर देउवालाई सभापति र संसदीयदलको नेताबन्नभूमिका खेलेको उपहारमै सहीदेशको चौथो राष्ट्रपति बन्ने सुवर्ण अवसर उनले पाए । जसले उमेरले राजनीतिकजीवनको उत्तराद्र्धमा रहेकाउनलाई सन्तोषको सास फेर्न बाटो दिएको छ ।