Breaking

राष्ट्रपति निर्वाचनको मतगणना संसद भवनमा सुरु,केहीबेरमा मुलुकले नयाँ राष्ट्रपति पाउँदै


काठमाडौँ — राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मतगणना सुरु गरिएको हो । बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । राष्ट्रपतिका लागि कुल ८८१ मध्ये ८३१ मत खसेको छ । प्रतिनिधिसभातर्फ ३१३ मत खसेको छ ।

प्रतिनिधिसभाका कुल ३३१ मध्ये १८ मत खसेन । यसमा राप्रपाका १४, भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारी र फरार सांसद लक्ष्मी महतो कोइरीसमेत १६ जनाको मत खसेन भने बाँकी दुई सांसद पनि अनुपस्थित देखिएको छ ।