देश

सुनचाँदीको मूल्य घट्ने क्रम जारी


नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ ।

मंगलबारदेखि घट्न थालेको सुनचाँदीको मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले घटेर १ हजार २२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।