Breaking

देश र जनताका अगाडि चुनौती छ : नेम्वाङ


काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका छन् ।

राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै  नेम्वाङले भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’

चुनौतीबाट पार पाउनका लागि देश र जनता एक ठाउँमा उभिनु पर्ने उनले बताए ।