Breaking

श्री एयरलाइन्सको जहाज दुघर्टनाबाट जोगियो


काठमाडौँ – काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौँ नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट जहाज फर्किएको थियो । सो जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । सो जहाजका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

विमानस्थल स्रोतका अनुसार काठमाडौँबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए ।