Breaking

काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी


काठमाडौँ – काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौँमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौँतर्फ नै फर्किएको छ ।