Breaking

‘गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ म देखाउनेछु’


काठमाडौँ – राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् ।

संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरे । राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

पौडेलले आफू राष्ट्रपति निर्वाचित भए उदाहरणीय बन्नेसमेत बताए । बिगतका राष्ट्रपतिबाट भएका गल्ती नगर्ने र संविधानको संरक्षक भएर काम गर्ने उनले बताए ।

राष्ट्रपति पदको निर्वाचन आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ । पौडेल भने निर्धारित समयभन्दा अगाडि नै निर्वाचनस्थलमा पुगिसकेका छन् । उनीसँग विभिन्न सांसदहरुले फोटो खिचाइरहेका छन् । कतिपयले फूल दिएर अग्रिम बधाई दिइरहेका छन् ।