Breaking

राष्ट्रपति निर्वाचनमा राप्रपाले भाग नलिने


काठमाडौँ – आज हुने राष्ट्रपनि निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भाग नलिने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपासँग संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा १४ सांसद छन् । यस्तै, प्रदेश सभामा पार्टीबाट २८ सांसद छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उमेदवारबाट निष्पक्ष र राष्ट्रको अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि तटस्थ बस्न निर्णय गरेको बताए ।