Breaking

राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ मतदान


राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरिसकेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् ।राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ । संघीय संसद र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेले भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।