Breaking

राष्ट्रपतिमा रामचन्द्र पक्का, सुवासचन्द्र नेम्वाङ बलिको बोका, ओली–प्रचण्डको लडाईले कांग्रेसलाई मौका


काठमाडौँ — सँधै सत्ता र शक्तिमै रमाएका तथा राजनीतिक यात्रामा नहारेका सुवासचन्द्र नेम्वाङ यो पल्ट कठिन प्रतिस्पर्धामा छन । अब जनजातिको पालो राष्ट्रपतिमा आएको भाष्यकै भरमा कमजोर अंकगणित धरातल सहित निर्वाचनमा होमिएका उनी रामचन्द्र पौडेलका प्रतिस्पर्धी हुन । जहाँ पौडेलको पक्षमा प्रष्ट जितको अवस्था देखिँदा पनि नेम्वाङ भेटघाट र भोट माग्न व्यस्त छन । त्यसो भए सफलतामा फर्किएर हेर्न नपरेका इतिहास बनाएका नेम्वाङ हारको चुनाव लड्दै छन त ? आफ्नो ६९ वर्षीय बुढ्यौली वय बोकेर देशकै सर्वोच्च पद राष्ट्रपतिको दौडमा रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ चुनावी दौडमा व्यस्त छन ।

आठ दलीय गठबन्धनको साझा उम्मेदवार तथा पुर्वसभामुख नै रहेका उनी भन्दा ९ वर्ष जेठा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उनका प्रतिस्पर्धी छन । जहाँ समाजवादी चिन्तक र लामो राजनिति इतिहास भएका पौडेल अंकगणितिय दृष्टिले पनि जितको पक्कापक्कीकै अवस्थामा छन । यहि कारण हारको चुनावमा नेम्वाङ अघि बढेको विश्लेषण नै सुरु हुँदा विगतमा भने उनी हरहमेसा जितकै भागीदार बनेका छन । २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिएका उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन ।

पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका उनले राजकाज मुद्दामा सात महिना जेल अनुभव पनि गरेका छन । विद्धत र सौम्य व्यक्तित्वको धनी उनको जीवनका अधिंकाश समय पनि प्राध्यापन र कानुन व्यवसायमै बितेको थियो । सँगै राजनीतिलाई अघि बढाएका उनी जितको कुरा गर्दा समेत इलाम–२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन् । त्यसअघि पनि राष्ट्रियसभा सदस्य निर्वाचित भएका उनी सत्ता र शक्तिको हिसावले पनि राम्रै अवसर पाएका व्यक्ति हुन ।

उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री, त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भएका उनी संविधानसभाको अध्यक्ष र सभामुख समेत बने । पार्टी राजनीतिमा पनि कानुन समिति सदस्य, संसदीय दलका उपनेता हुँदै उपाध्यक्ष बनेका उनी २०५६ सालमा सार्वजनिक लेखा समिति सभापतिसमेत चयन भएका थिए । यसरी हेर्दा सफलताको दृष्टिले पछाडि फर्केर हेर्न नपरेको इतिहास बनाएका उनले यो पटक प्रतिनिधिसभा पनि झिनो मतान्तरको मात्र जित हासिल गरेका थिए । ११४ मतले मात्र संसदको यात्रा गरेका उनले राष्ट्रपतिमा पनि चमत्कारिक जित निकाल्ने आशामै एमाले नेताहरु देखिन्छन ।

निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा संघीय संसदमा ३ सय ३१ र प्रदेशमा ५५० सदस्य छन् । तर, निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भइसकेको छ भने फरार सांसद लक्ष्मी कोइरीले पनि भोट हाल्न पाउँदा कुल ३ सय ३३ जना मतदाता हुनेछन् । जित्नका लागि २६ हजार ३ सय ५४ मत हासिल गर्नैपर्ने हुन्छ । चुनावी अंकगणित हेर्दा कांग्रेससँग १६ हजार १ सय ४२, माओवादी केन्द्रसँग ७ हजार ७ सय ४५ मतभार छ । यसैगरी नेकपा एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जनता समाजवादीसँग २ हजार १ सय ४५, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९ सय ७१ मत छ । यस्तै नागरिक उन्मुक्ति पार्टीसँग ८ सय ९२ र जनमोर्चा २ सय ६ मतभार छ ।

यी सबै पार्टीले मत दिएको अवस्थामा पौडेलको जित पक्का छ । जहाँ अहिले पनि पाँच दल कसलाई भोट हाल्ने भन्ने निष्कर्णमा पुगिसकेका छैनन् । यसरी खुल्न नसकेका सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र सङ्घीय समाजवादी पार्टी रहेका छन् ।

यी सबैले एमालेलेलाई भोट दिएपनि एमालेका लागि जित्न पर्याप्त हुँदैन । एमालेसँग १५ हजार ३ सय १२ मतभार छ भने राप्रपासँग २ हजार ४ सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १ मतभार छ । कतै पनि नखुलेको नेपाल मजदुर किसान पार्टीको २ सय २३ र स्वतन्त्र सांसदहरूको १ सय ९४ मतभार छ । यी सबैको जोड्दा १९ हजार ६ सय ८० मतभार हुन्छ । जसले पनि नेम्वाङको चुनावी प्रक्षेपण गर्न गाह्रो छैन ।

यसरी हेर्दा गत चुनावमै बालबाल बाँचेका नेम्वाङ राष्ट्रपतिमा हार्ने प्रतिस्पर्धा गरिरहेका छन । जसले दुई पुर्वसभामुखको भिडन्तमा पहिलोचोटी नेम्वाङले राजनीतिक इतिहास फर्केर हेर्ने दिन आउन लागेको संकेत गरेको छ । जहाँ उनको व्यक्तित्व र वर्गको अश्त्रले पनि चत्मत्कार नै हुने अवस्था समेत देखिँदैन ।