देश

ओलीलाई दोषी ठह¥याउँदै देउवा–प्रचण्डको राजनीति, एमालेलाई समाप्त पार्ने डिजाइन कस्को ?


काठमाडौँ — राजनीतिक स्वार्थ सिद्ध नभएपछि अरुलाई दोष लगाउने प्रवृत्ति नेपाली राजनीतिमा नौलो हैन । त्यसको शिकार एमाले अध्यक्ष केपी शर्मा ओली पनि बन्दै आएका छन । कहिले संविधानविरोधी त कहिले व्यवस्था विरोधी आरोप खेप्ने उनी पछिल्लो समय विकसित घटनाक्रमा पनि अन्य दलको आशंकाको घेरामै छन । आखिर किन अरु नेता र दल ओली नै समस्याको मुख्य जड भएजसरी प्रस्तुत भइरहेका छन त ? के उनी चुप बसे देश कायापलट नै हुने हो त ? देशमा गणतन्त्र घोषणा हुँदा कांग्रेसको विधानलाई लिएर यो बाटो वयलगाडा चढेर अमेरिका जानुजस्तै भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी अहिले पनि उनको आलोचना गर्ने आधार जस्तै छ ।

मधेश आन्दोलनका सहिदलाई कुहिएको आँप र आन्दोलनलाई माखेसाङ्लो संज्ञा दिएपछि मधेश र पहिचान विरोधीको संज्ञा पाएका उनको भारतप्रति खरो उत्रने बोली पनि कम आलोचित छैन । यसैको भरमा आर्जित राष्ट्रभक्तको भाष्यले उनले प्रधानमन्त्रीकै यात्रा तय गर्दा उनको मुखाले चरित्रलेकुटनीतिक क्षेत्र नै असन्तुलित भएको समेत उनीमाथि आरोप छ । यद्यपि आफू अनुकुल नभएमात्र विदेशी शक्तीलाई सत्तोसराप गरेर साखुल्यै पल्टिने प्रवृत्तिबाट ओलीपनि विमुख छैनन् । जसले आफूलाई फाइदा नै हुने देखेका उनलेठोरीमा राम जन्मस्थल भएको रणनीति प्रयोग पनि आलोच्य नै भयो ।

जसले कम्युनिष्ट भएर धर्मलाई अफिम भन्दै धर्मकै राजनीति गरेको ट्याग लागेका उनले पशुपतिमा जलहारीको अर्को अश्त्र समेत फालेका थिए । यही बीचमा संविधानको मर्म विपरीत दुइ–दुइपटक संसद विघटन गर्ने तथा नारायहिटीको गेटमा आमसभा गर्ने उनको कदमलाई समेत जोडेर व्यवस्था विरोधीभनेर उनकै पूर्व सहकर्मी सडक आन्दोलनमै पुगेका थिए । जसले संविधान नै डिरेल हुन लागेको भन्दै पाँच दल एक ठाउँमा उभिदा राष्ट्रपतिको कदममा समेत ओलीनै आलोचनाको शिकार बने । राष्ट्रपतिलाई रवरस्टाम्प जसरी प्रयोग गरेको भन्दै हरेकजस्तो शितलनिवासको कदममा ओलीले नै गाली खाए ।

जसले हरेक समस्याको जड नै ओली हुन भन्ने भाष्य नै निर्माण भएको छ भने ओली पनि सबैभन्दा बढि प्रहार एमालेमाथि नै हुन गरेको बेलाबेला बताउने गरेका छन । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिरताका खेलाडीभएको र उनको व्यवस्थापन नै अहिले मुख्य चुनौती रहेको एमाले नेताहरु बताउँछन । जहाँ ओलीले त उनलाई राष्ट्रिय समस्याको संज्ञा नै दिएका थिए । तर यत्तिका आरोप प्रत्यारोपकाबीच पनि सरकार गठनका लागि पुस १० मा एक ठाउँमा उभिएका उनीहरु लामो समय एक हुन सकेनन् । दुईमहिने यो यात्रामा समेत उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा कार्यकारी प्रधानमन्त्रीलाई पिँजडामा हालेको आरोप ओलीले खेपे ।

फलत ः संसद विघटनलाई संवैधानिक कदमका रुपमा व्याख्या गरेको,नयाँ दल र नयाँ अनुहारलाई अघि सारेर सरकार आफ्नो कब्जामा पारेको तथा पुस ११ मै गृहमन्त्री रास्वपालाई दिएर सहमति भंग गरेको भन्दै माओवादीले नयाँ बाटो रोज्नु परेको बताएको छ । त्यतिमात्र नभई विगतमा चालेको एमालेकै कदमले राष्ट्रपति राष्ट्रिय सहमतिको चाहिएको प्रष्ट भएको तर त्यसका लागि एमाले तयार नहुँदा नयाँ गठबन्धन बनेको आरोप समेत माओवादीको छ । यहिकारण दुई महिने सहकार्यमा निकै अफ्ठेरो महसुस गरेको र अहिलेको गठबन्धन लामो समय टिक्ने प्रचण्डले सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन ।

अहिले दुर्गा प्रसाईले सुरु गरेको राजावादी आन्दोलन समेत कतै ओलीकै चाल त हैन भनेर उठेको आशंका प्रसाईलाई नै कारबाही गर्दा समेत साम्य भएको छैन । जहाँ प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई समेत राष्ट्रपति निर्वाचन केन्द्रीत उनको अन्तिम अश्त्रका रुपमा बताउनेहरु समेत छन । आखिर किन त ओली माथि नै यतिका आशंका र प्रश्नहरुको प्रहार ? हुन त निर्वाचनमा समेत पाँच दलको एक साझा मुद्दा बनेका ओलीले यहि प्रहारलाई नै आफू टावरिङ पर्सनालिटिको रुपमा खपत गरिरहेका छन ।

फलत ः प्रचण्ड आफ्नो मृत्यु देखेर एक भएको र त्यो पुरा नहुँदा पार्टी फुटाउने खेलमा लागेको टिप्पणी गरेका उनी आफ्नो छुद्र बोलीलाई राष्ट्रभक्त आवाजका रुपमा स्थापित गराउने खेलमा छन । त्यसैका लागि उखान–टुक्कामार्फत खरो बोल्ने र आफ्ना सन्तान नभएको र आफ्नो सम्पत्ति राज्यकै भएको सहानुभुतिलाई उनलेब्राण्ड बनाएका छन । जसले उनी ‘बा’ रुपमा स्थापित हुँदाअरु दल भने सँगै भए उनले पेलेर नभएर उनले छिर्के हानेर काम गर्न नदिएको भाष्य भजाइरहेका छन ।