काठमाडौँ — सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध फ्रान्समा मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हड्तालको घोषणा गरेका छन् । मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हड्ताल जारी राख्ने घोषणा गरेका छन् । सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध फ्रान्समा मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हड्तालको घोषणा गरेको । अनिश्चितकालसम्म हड्ताल जारी राख्ने घोषणा गरिएकाले फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आकलन समेत गरिएको छ ।
अनिश्चितकालीन हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सहभागी हुने बताइएको छ । फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पु¥याउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक–पटक हड्ताल गर्दै आएको छ । मंगलबारबाट सुरु हड्ताल छैठौं पटकको हो । राष्ट्रपति इमानुयल म्याक्रोँले भने हालकोे आर्थिक बोझ राज्यले धान्न नसक्ने र त्यसको भार युवाहरुले धान्नु परिरहेकाले यसलाई परिमार्जन गर्नुपर्ने तर्क गर्दै आएका छन् ।
फ्रान्समा भएको हडतालको प्रभाव देशभर परेको छ । राजधानीको पश्चिमी क्षेत्रमा रहेको नँत सहरमा पनि केही झडपहरू भएका छन् । फ्रान्सको तेस्रो ठूलो सहर लियोंमा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । मजदुर हड्तालका कारण पाँचमध्ये एक मात्र क्षेत्रीय र उच्च गतिका रेल चलेका थिए । पेरिस मेट्रो प्रणालीले भने कर्मचारी अभावका कारण न्यून संख्यामा चलाउनुपरेको बताएको छ ।
प्रहरीका अनुसार हडतालमा १२ लाख ८० हजारको सहभागिता थियो भने हड्ताल आह्वानकर्ता फ्रान्सको सर्वाधिक ठूलो ट्रेड युनियन सिजिटीका अनुसार ३५ लाखले सहभागिता जनाए । पेरिसको प्रहरी मुख्यालयले गरेको गणनाअनुसार पेरिसको सडकमा झन्डै ८१ हजार प्रदर्शनकारी उपस्थित थिए । आन्दोलनकारीका अनुसार देशभरका २६० भन्दा बढी स्थानबाट कर्मचारीहरुले जुलुस निकालेका छन् । रेन सहरमा आन्दोलनकारीहरुले आगो, काठका टुक्रा र अन्य वस्तुको प्रहार गरी दंगा प्रहरीहरुमाथि जाइलागेका छन् ।
आन्दोलनकारीहरु पारित गर्न खोजेको निवृत्तिभरण सुधार विधेयकलाई चुनौती दिँदै राष्ट्रपतिसँग मुठभेडका लागि अघि बढेको फ्रान्स २४ टीभीले उल्लेख गरेको छ । मंगलबारको हड्तालका क्रममा युनियनहरूले यदि राष्ट्रपतिले प्रस्ताव गरेको विधेयक फिर्ता नलिए देशलाई हलचल गर्नै नसक्ने अवस्थामा पु¥याउने चेतावनी दिएको छ । सरकारले सन् २०३० सम्ममा फ्रान्सको पेन्सन प्रणालीलाई घाटाबाट बाहिर निकाल्नका लागि यो परिवर्तन महत्वपूर्ण भएको तर्क गरेको छ ।
प्रतिक्रिया