Breaking

प्रचण्डको मुद्दाले माओवादीमा भयंकर संकट, वैद्य, बाबुराम र विप्लव पनि तानिँदै, पूर्वराजा पनि दोषी !


काठमाडौँ — प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’विरुद्धको मुद्दा सर्वाेच्चमादर्ता भएसँगै अब न्यायिकप्रक्रिया कसरी अगाडी बढ्छ भन्ने आमचासो छ । सँगै माओवादीअध्यक्ष प्रचण्ड र माओवादी घटकहरुको भविष्यमाथिसमेत प्रश्न उठेको छ । प्रचण्डविरुद्ध मुद्दा हालेका रिट निवेदकहरु भन्छन्, कुनैपनिहालतमा छोडिदैन । उनलाई पक्राउगर्नुपर्छ, अनुसन्धानगरि जेल हाल्नुपर्छ ।

उनीहरुको प्रश्न छ, के पाँचहजारको हत्या गरेको व्यक्तिदेशको प्रधानमन्त्रीबन्न पाउँछ ? अनिखुलेआमहत्या गरेको हुँभन्दापनि कारबाहीनहुनुपर्ने किन ? यो सँगै प्रधानमन्त्रीसमेत रहेका माओवादीअध्यक्षपुष्पकमलदाहाल‘प्रचण्ड’ र माओवादीसँगैजोडिएका दलहरुको भविष्यमाथिसमेत प्रश्न उठेको छ । किनकि अब यो पूर्णतःअदालतीविषय बनेपछि यसैले प्रधानमन्त्रीको पद रमाओवादी घटक दलहरुकोभविष्यमाथि समेत फैसलागर्नेछ ।यसैकारण उनीहरु आत्तिएका छन् । तर्सिएर फेरि एकठाउँमा उभिएका छन् ।

१६ वर्षमाझण्डै १६ टुक्रा भएकामाओवादीहरु अब जेलजाने डरले सायद एक ठाउँमा आएका छन् ।किनकि यो मुद्दा प्रचण्डविरुद्धको मात्रै होइन, यो मुद्दामाथि अदालतको फैसलाआएवा प्रचण्ड पक्राउ परि कारबाहीको भागेदार बन्ने अवस्था बने, बाबुराम, विप्लव र वैद्यहरु पनिकानुनी कठघरामाआउनेछन् ।

अहिलेद्वन्द्वपीडितमध्येका२६ जनाले मात्रै मुद्दा हालेका छन् ।सत्यनिरुपण र बेपत्तापारिएकाव्यक्तिको छानबिनआयोगमादर्ता भएका६५ हजार सबैले यसैगरी मुद्दा हाले कतिसम्मको हलचलमच्चिएला?देशको हाल के होला?अदालतले सबैको फैसलागरिसक्ला? कसैले हेक्का गरेका छैनन् । यसले प्रचण्ड र माओवादीसहितपूर्व माओवादीको भविष्य त संकटमा पार्ने छ नै देशमाअर्काे द्वन्द्वनमच्चिएलाभन्ने के ग्यारेन्टी ?

२०७१ सालमै गठनका भएकादुवै आयोगले ६० दिनभित्रमारिएका र बेपत्तापारिएकाव्यक्तिको विवरण सार्वजनिकगरिसक्नुपर्ने व्यवस्थागरेको थियो । तर ८ वर्ष वित्यो, झण्डै ६५ हजार पाँच सयउजुरी संकलनभन्दाअर्काे कामनगरेका आयोगहरु औचित्यबिहिन बने । झनअहिले त दुवै आयोग म्याद समाप्तभएर पदाधिकारीविहिन बनेका छन् । तर माओवादीहरु अझै आयोगबाटै समाधानगर्नेभन्दै न्यायलाई थपलम्ब्याउनखोजिरहेका छन् । यो अनाहकमामारिएका र बेपत्तापारिएकापीडितलाई न्यायको ढोका बन्दगर्नेभन्दाअर्काे स्वार्थ होइन । यसैकारण न्यायलाई अनन्तकालसम्मलम्ब्याउनपाइँदैन भन्दै सर्वाेच्चले स्पष्ट भनिदिएपछि माओवादीहरु आतंकित बनेका हुन् ।

अब सर्वाेच्चको फैसला स्वीकार्नुभन्दाअर्काे विकल्पहुनेछैन । किनकि पीडित १७वर्षदेखि न्यायमागिरहेका छन् । १७वर्षमा प्रचण्ड तीनपटक प्रधानमन्त्री बने, बाबुरामपनि एकपटक प्रधानमन्त्री बने । उनीहरु आफै सरकारमाहुँदा समाधाननभएको विषय अब टाउकाको मूल्यतोकिदिने काँग्रेस वामाओवादीलाई सत्ताकालागिमात्रै प्रयोग गर्दै आएको एमाले सरकारमाहुँदा समाधानहुने कुरै भएन ।

अब पहिले जस्तो प्रचण्डको एक आह्वानमै ज्यानफाल्नतयार हुने कार्यकर्ता पंक्तिपनि छैन ।तैपनि सर्वाेच्चमा मुद्दा दर्ता भएसँगै माओवादीघटकहरु पुनःद्वन्द्वनिम्तिने धम्कीदिइरहेका छन् । जबकिमाओवादीको त्यो शक्तिक्षयिकरण हुँदै अहिले अस्तित्व रक्षाकै संकटमा झरेको छ ।अब अदालतको फैसलापर्खिदैँ बरु आयोगलाई सक्रियबनाएर छिटोभन्दा छिटोशान्तिप्रक्रिया रन्यायलाई निष्कर्षमा पु¥याउनुको विकल्पहुनेछैन ।नत्रपाँचहजारको जिम्मा लिन्छु भनेका प्रचण्ड जेलमाहुनेछ । १० वर्षे जनयुद्धलाई उपलब्धिबनाएर निरन्तर सत्तामा रहँदै आएको माओवादीइतिहास बन्नेछ ।बाँकी१२ हजारकोकसुरमा देउवा, ओलीदेखि पूर्व राजासमेत संकटमा पर्नेछन् ।