काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकोकार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उहाँको यस खालको भूमिका राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताएका हुन् ।
११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए । अध्यक्ष ओलीले महिलाहरु अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया