Breaking

राष्ट्रपति निर्वाचनमा खुलेनन् यी ५ दल

आचारसंहिताले रोक्यो !


काठमाडौँ – राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् र प्रदेश संसद्मा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि केही राजनीतिक दलले कसलाई सघाउने भन्नेबारे अझै खुलेका छैनन् ।

बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा रहेका तीनवटा दल र प्रदेश संसद्मा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारे नखुलेका हुन् ।

यसरी खुल्न नसकेका सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० रहेका छन् भने प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र सङ्घीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ भने रास्वपाले सङ्घीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय दिने भएका छन् ।

राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

आचारसंहिताले खुल्न नपाइने

राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाट नै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।