Breaking

प्रचण्डमाथी सर्वोच्चमा रिट सुवास नेम्वाङ राष्ट्रपति ! पौडेल माओवादीमै ढुक्क


काठमाडौँ — फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ । मुलुकको तेस्रो राष्ट्रपतिको रेसमा रहेका उम्मेदवारहरुबीचको महाभिडन्त चासोमा छ । बिहिवार राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुलुकको तेस्रो राष्ट्रपति बन्ने रेसमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन । राष्ट्रिय राजनीतिमा यी दुवै पात्र कम विवादित र स्वच्छ छविका नेता हुन् ।

राजनीतिक अनुभवमा काविल रहेका दुवै नेता पूर्व सभामुखसमेत हुन् । दुवैजना सत्ता फेरवदलको फन्कोमा बेरिएर अपत्यारिलो ढंगले राष्ट्रपतिको उम्मेदवार बन्न सफलभए । संविधानसभाका अध्यक्ष भइसकेका,कानुनका जानकार नेम्वाङ पनि कम प्रतिस्पर्धी छैन्न । जनजाति उम्मेदवार र संविधानको संरक्षण गर्ने एक मात्र पात्रको रुपमा नेम्वाङलाई एमालेले प्रचार गरिरहेको छ । एमाले अध्यक्ष के.पीशर्मा ओलीले आठ दलको ठूलो घटक कांग्रेस सभापतिलाई पत्र पठाउन भ्याए ।

बामदेव गौतमसँग भेट गरे । अध्यक्षओली र राष्ट्रपतिका उम्मेदवार नेम्वाङले दलबलसहित अन्य दलहरुको पार्टी कार्यालयमै पुगेर भोट मागे, नेम्वाङले टुक्रिएर गएका माधवकुमार नेपालसँग पनि भोट मागेका छन । प्रदेश सांसदहरुलाई समेत बोलाएर प्रशिक्षण दिनभ्याए । जसरी पनि नेम्वाङ नै राष्ट्रपति हुनुपर्ने र उनैले जित्ने एमालेको दावी छ ।

यताहालको मतभारको अंकगणितमा आठ दलीय गठबन्धनका उम्मेदवार पौडेल सुरक्षित छन् । तरपनिपौडेलले भोट माग्ने कुरामाकुनै कसर छाडेका छैन्न । पौडेलले राष्ट्रपति पदमा मनोनय दर्ता पूर्व नै नेमकिपाका अध्यक्ष नारायणमन विजुक्छे, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए । १३ गते मनोनयन दर्तासँगै दौडाहमा रहेका पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियता नहुने कुरै भएन ।

आठ दलीय गठबन्धन प्रदेश सांसदहरुसँग छलफल शीर्ष नेताहरुको सम्बोधन गठबन्धन भन्दा बाहिरा रहेका रवि लामिछाने र राजेन्द्र लिङदेनसँगकार्यलयमै पुगेर भोट माग्नभ्याए । पौडेलले आठ दल, राप्रपा र रास्वपासँग मात्र होइन जेल जीवनको अनुभव सुनाउँदै ओलीको समेत मन जित्ने चेष्टा गरिसकेका छन । सहजै राष्ट्रपति जित्नेमा कांग्रेसजन निर्धक्क छन ।

मतको अंकगणितमा पौडेल सुरक्षित छन् । तर अहिले प्रधानमन्त्री प्रचण्डमाथि सर्वोच्चमा परेको रिटपछि सत्ता समीकरणको फेरवदलसम्मको विश्लेषणले राष्ट्रपति निर्वाचनथपचासोपूर्ण बनेको छ । राष्ट्रिय राजनीतिमाअकस्मात फेरबदलभए सुवास नेम्वाङको शितलनिवास यात्रा असम्भव छैन । फलत फागुन २५ गते हुने राष्ट्रपतितर्फ सबैको ध्यान केन्द्रितभएको छ । यसमा बाजीकसले मार्छ यसै भन्न सकिन्न ।