Breaking

राष्ट्रपतिको सकस, फुटमा रास्वपा–राप्रपा रविको रोजाइमा ओली कि प्रचण्ड


काठमाडौँ — शीर्ष राजनीतिकदल जसरी पनि राष्ट्रपति पद हत्याउने होडमा छ । आफनो उम्मेदवार विजय गराउन सबै शक्तिखर्चिरहेका छन ।यताआफुलाई वैकल्पिकहुँभन्ने तर विकल्पदिननसकेका सदनमाराम्रै मतभार बोकेका राप्रपा, रास्वपाअझै अलमल्लमा छन । पार्टीभित्रबाझिएको स्वार्थ र आन्तरिक मतभेदका कारण राष्ट्रपति निर्वाचनमापार्टी कताउभिने र सांसदहरुले कसलाईमतखसाल्नेअझै तय गर्न सकेका छैन्न् । शीर्ष राजनीतिकदलहरु राष्ट्रपति पद हत्याउन गठबन्धनको गठजोडआन्तरिक तालिमतयारी सबै अस्त्र प्रयोग गर्नमाव्यस्त छ । आफनो उम्मेदवार विजय गराउन सबै शक्तिखर्चिरहेका छन ।

भावी राष्ट्रपति निर्वाचनकालागिदुई उम्मेदवार आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताको घर–घर पुगेर, दलहरुसँग आफ्नो जत्था नै बोकेर पार्टी कार्यालयमै पुगेर मतमागिसकेका छन । गठबन्धनमा रहेका नौ दलमतकसलाई दिने भन्नेमा प्रष्ट छन । प्रतिपक्षमा रहेको एमाले जसरी पनिआफ्नो उम्मेदवार जिताउने रणनीतिमा छ । तर,सत्तायात्रासँगै विवादमा मुछ्दै आएकासंसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भोट कतादिने भन्नेवारे निक्र्यौल गर्न सकेको छैन ।

मौनअवधि नै सुरु भइसक्दापनिबाझिएको व्यतिmगत स्वार्थ र पार्टीभित्रै राष्ट्रपति निर्वाचनलाई लिएर मतभेद रहँदा रवि राजेन्द्र आफ्नो पोजिसन प्रष्ट्याउनअसमर्थ छन । गठबन्धन भत्किएपछिसत्ताबाहिर रहेको राप्रपाभित्र राष्ट्रपति निर्वाचनका सवालमाभोट खसाल्नुपर्ने र भोट नखसाल्ने दुइधारमाविभाजित छ । प्रदेश तर्फ १हजार १ सय ६ र संघमा १हजार ३ सय ४४ मतभार रहेपनिमतदाता नै रहेका ज्ञानेन्द्र शाही, धवलशमशेर राणा लगायतका सांसद मतदान नै नगरौ भन्ने पक्षमा छन । उनीहरुलाई रविन्द्र मिश्र र प्रकाशचन्द्र लोहानीलेथपउक्साइरहेका छन । अध्यक्ष राजेन्द्र लिङदेनभनेमतदानगर्नुपर्ने पक्षमा छन । आन्तरिक मतभेत कायम रहेका बेलाफागुन २४ गते निर्णय गर्ने राप्रपाको तयारी छ ।

राप्रपाभित्रकसको जित हुन्छ र कस्तो निर्णय कसरी गर्छ चासोमा छ । पहिलो चुनावमै सदनको चौथो दल बनेको रास्वपासभापति रविलामिछाने नागरिकताप्रकरणमा दोषी ठहर भएसँगै सुस्ताएको छ । ओलीनिवासमापुगेर उपप्रधानसँगै गृहमन्त्री पाएपछि तत्कालिन गठबन्धनको सरकारमा सहभागीभएको रास्वपापुष १० कै सहमतिमा रहेर एमालेको उम्मेदवारलाई साथ दिन्छ अथवा मुद्दा खेपिरहेको सभापतिको स्वार्थमाप्रधानमन्त्री प्रचण्ड धारमायकिनगर्न कठिन छ । सायद यहिदुविधाले हुन सक्छ स्वविवेकले मतदानगर्न दिने विचार पनि रास्वपाभित्र छ ।

जुनदलीयव्यवस्थामा अस्वभाविक जस्तो देखिन्छ । फलत रास्वपापनि राष्ट्रपति निर्वाचनमाआफ्नो पोजिसन तय गर्ने परीक्षामा छ । सानादलहरु अझै स्पष्ट छैनन् तर आफ्नै उम्मेदवार जिताउनलागेकाकांग्रेस र एमाले आफ्नो उम्मेदवारकै पक्षमाभोट आउनेमानिर्धक्क छन । आमनिर्वाचनमाजनताले पत्याएपनिसत्ता शयरमाहतार गर्दा विवादमा मुछिएको दुवै दलआन्तरिक द्धन्द्धको चपेटमा छ । पार्टीभित्रको विमेल छताछुल्ल हुँदै आएको छ । यस्तो अवस्थामाराष्ट्रपति निर्वाचनका कारण यीदलहरु थपआन्तरिक द्वन्द्वमाफस्ने पक्का छ ।