Breaking

राष्ट्रपति निर्वाचनको छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बस्दै


काठमाडौँ — सत्ता घटकका आठ दलको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बोलाइएको छ । पर्सी हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खाँनले भने राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं । राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ ।

आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।