काठमाडौँ — लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिए । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् । लम्साल पहिल्यैदेखि बिरामी थिए । उनलाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो । म्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ ।
भिडियो छायांकनका लागि पोखरा पुगेका उनका छोरा सागर पनि काठमाडौं फर्कंदैछन् । राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । जापान टोकियो डोरीको तीन फुदा वालिङ फिरफिरे शिरमा रिबन सलको पछ्यौरी भीरको टुनी हो मर्स्याङ्दीको पुल आमा तिम्रो दूधको भारा राइनासकोटको भीर निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् । राजेन्द्रका सागरसहित ३ छोरा र १ छोरी छन् ।
प्रतिक्रिया