काठमाडौँ– सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताउनुभएको छ । मंगलवार ११३ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको स्मरण गर्नुभयो । अझैपनि मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको उहाँले बताउनु भयो । सभामुख घिमिरेले अझै आवश्यक मात्रामा मुख्य पदहरुमा ३३ प्रतिशत महिलाको संख्या र गुण पु¥याउन नसकेको बताउनु भयो ।
Breaking
प्रतिक्रिया