Breaking

माओवादी धारका पार्टीहरूको निर्णय, राज्यसँग भएका सम्झौता कार्यान्वयनमा जोड


काठमाडौँ – माओवादी धारका पार्टीहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान बसेको माओवादी धारका पार्टीहरुको बैठकले संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भएको बैठकमा विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धसमेत जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सहअध्यक्ष सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू बैठकमा सहभागी हुनुहुन्थ्यो ।