Breaking

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु, उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न नपाइने


काठमाडौँ – राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको हो । मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिण, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३३२ र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य गरी ८८२ जना मतदाता रहेका छन् । राष्ट्रपतिका लागि आठदलीय गठबन्धनको तर्फबाट कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।