काठमाडौँ – तराई–मधेश क्षेत्रमा आज होली मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ । होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । यसैबीच, होलीका अवसरमा जनकपुरधाममा आज महामूर्ख सम्मेलन हुँदैछ । दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ । महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला नाट्यकला परिषद्ले जनाएको छ ।
Breaking
प्रतिक्रिया