Breaking

हार्ने चुनावमा एमालेले किन उठायो सुवास नेम्वाङलाई


काठमाडौँ — राजनीतिमा प्रमुख दलका मुख्य नेताहरुले निर्वाचन जित्ने अवस्था रहेसम्म आफू निकटलाई उम्मेदवार बनाउनु नौलो कुरा होइन । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पनि यही कुरा लागू हुने भएको छ । सात दलीय गठबन्धन कायम रहँदा एमालेले अरु नै पात्रलाई राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बनाउने तयारी गरेको भएपनि कांग्रेस–माओवादीसहित आठ दलीय मोर्चा बनेर राष्ट्रपतिमा हार्ने निश्चित भएपछि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएपछि एमालेले नेम्वाङलाई बलीको बोको बनाएको चर्चा सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफ्नै बलबुतामा प्रधानमन्त्रीबनाएका पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिको विषय टुङगो लगाउन पटक–पटक वान टु वान वार्ता गरे ।

जतिबेला एमाले माओवादीसहीतको गठबन्धन कायम थियो ।बार्तामा बसेका ओलीले ओकलेको नाममा प्रचण्डले मरीकाटे हुन्छ भनेर मुन्टो हल्लाएनन् बरु तपाईनै राष्ट्रपति बन्नुस भनेर ओलीलाई प्रस्ताव गरे । यो शिलशिला २÷४ पटक सम्मै चल्यो । ओलीले ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन जोडबल गरेपछि प्रचण्ड झनै संसकित भए । कारण तात्कालिन नेकपा नेतृत्वको पार्टी फुटाउन उनै ईश्वर पोखरलले भुमिका खेलेको प्रचण्डको बुझाई छ । फेरि उनै व्यक्ति लाई राष्ट्रपतिको उपल्लो ओहोदामा राख्ने विषयमा प्रचण्ड झनै तर्किए ।

ईश्वर अस्त्र देखाएर प्रचण्ड तर्साएका ओलीको चालबाजी बुझेर अन्तत प्रचण्डले कित्तानै फेरेर देउवा क्याम्परोजे । जसरी पुष १० मा देउवासँगको गठबन्धनको भारी बालुवाटारमा विसाएर बालकोटको बार्दलीबाट प्रचण्डले हात हल्लाउदै देउवालाई दनक दिएका देखि त्यही शैली अपनाएर कांग्रेसलाई राष्ट्रपति दिने शर्तमा धुम्बाराहीबाट देउवासँग हात मिलाउदै प्रचण्डले ओलीलाईचक्मा दिए ।

प्रचण्डलाई बालकोटमा रातो कार्पेट विछ्याएरकिस्तीमा प्रधानमन्त्री उपहार दिएका ओलीलाई तत्कालिन समयमा सत्ता उल्टाएको भनेर धेरैले दुरदर्शी नेताको संज्ञा दिए,तर अस्थिर प्रचण्डका सामु ओलीको चलाखी लामो समय टिकेन । राष्ट्रपति पनि एमालेकै र सभामुख पनि एमालेकै बनाएर सत्ताको साँचो ५ वर्ष हातमा लिने ओलीको दाउमाब्रेक लागेको छ । काग्रेसँगको गठबन्धन फुटाउन ओलीले जुन अस्त्र प्रयोग गरेका थिए। देउवाले पनि त्यही जुक्ति अपनाएर प्रचण्डलाई हात लिएकाछन् । पहिलो पार्टी कांग्रेसलाई प्रतिपक्षमा पुग्ने गरी तेस्रोपार्टीका नेता प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीलाई उनै प्रचण्डले रंग फेरेपछि सकस भएको छ ।

बालकोटमा भएको भद्र सहमति र आफुले बनाएको प्रधानमन्त्री भनेर ईश्वरलाई राष्ट्रपति बनाउन दबाब दिएका ओलीले प्रचण्ड देउवा क्याम्पमा गएपछि भने ईश्वरको नाममा टिपेक्स लगाएर कोटको खल्तीबाट सुवास नेम्वाङको नाम निकालेकाछन् । कांग्रेस, माओवादी, एकिकृत समाववादीसहीतको ८ दलले साझा उम्मेदवारको रुपमा कांग्रेसबाट रामचन्द्र पौडेललाई उम्मेदवार बनाएपछिओलीले मुखमा रहेको ईश्वरको नाम फेरेर कोटको खल्तीमा भएको सुवासको नाम झिकेका छन् । पूर्वसभामुख नेम्वाङलाई जानाजान हार्ने चुनावमा भिडाएर ओलीले बलीको बोको बनाएको एकाथरीको बुझाई छ ।

मुखमा ईश्वर र खल्तीमा सुवासको नाम बोकेर प्रचण्डसँग पटक पटक वान टु वान बसेका ओलीले सुरुमै खल्तीमा भएको सुवासको नाम लिएको भए सायद गठबन्धन जोगिन सक्थ्यो तर मुखमा रामराम बलगीमा छुरा भनेजस्तो ईश्वर देखाएर सुबास लुकाएका ओलीको चातुर्य यति बेला फेल खाएको छ । ८ दलिय गठबन्धको मतभार चेपुवमा परेका नेम्वाङले एमालेको मतले मात्रै छिचोलेर राष्ट्रपतिमा विजयी हुने संभावना न्युन छ । यति फागुन २५ सम्म अप्रिय कुनै राजनीतिक उलटपट भएन भनेराष्ट्रपतिमा रामचन्द्र पौडेलको जित पक्का जस्तै छ । राष्ट्रपति निर्वाचनमा कुल मत ५२ हजार ७०७ छ ।

कुल मतको ५० प्रतिशत २६ हजार ३५३ दशमलव ५ हुन आउँछ । कम्तीमा यो संख्या कटाउन सक्ने उम्मेदवार विजयी हुनेछन् । हाल काग्रेस, माओवादी, एकिकृतसमाजवादीसहितको ८ दलको मतभार जोड्दा झण्डै ३२ हजार हाराहारी छ । यता नेम्वाङलाई आफ्नो पार्टी एमाले र राप्रपा, तथा रास्वपालेसहयोग गरे भने पनि १९ हजार हाराहारी मत आउने देखिन्छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य छन् । त्यसमा अहिले प्रतिनिधिसभा दुई र राष्ट्रीय सभामा एक सिट रिक्त छ ।राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशका कुल ८ सय ८१ मतदाता रहेकाछन् । संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ ।