Breaking

माओवादी नेताका टाउकोमा तरबार,सडकमा राजावादी र कठघरामा प्रचण्ड हुने संकेत


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि तरंग पैदा भएको छ । जसलाई प्रचण्डले घेरावन्दीका रुपमा वुझ्दा माओवादीले विज्ञप्ती नै निकालेको छ । सडकमा राजावादी र अदालतको कठघरामा माओवादी हुने देखिने अवस्था आउदा माओवादी नेताहरु झस्किएका हुन । द्धन्द्धकालिन मुद्धाहरुलाई टुङ्गोमा नपुर्याउदा टाउको माथि तरबार झुण्डिएको अवस्था भोगीहरेका प्रधानमन्त्री प्रचण्ड माथि अर्को प्रहार भएको छ । कहिले आफ्नै पूर्व लडाकु आफूविरुद्ध प्रयोग हुने त कहिले अन्तर्राष्ट्रिय अदालतको त्रास देखाईने उनका लागि अहिले आफ्नै वोली भारी पर्ने त हैन भन्ने अवस्था सिर्जना भएको छ ।

अर्थात ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि त्यसले माओवादी तथा पूर्व माओवादी नेताहरुलाई झस्काई दिएको छ । २०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि यसलाई भिन्न कोणबाट समेत हेरिएको छ ।

जसलाई लिएर असन्तुष्ट माओवादीले विज्ञप्ती नै जारी गरेर सत्य निरुपण तथा बेपत्ता आयोगको क्षेत्राधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ । बृहत् शान्ति सम्झौता, संविधान र अग्रगामी उपलब्धिहरु विरुद्ध हुने कुनै पनि गतिविधिलाई आफ्नो दलले नस्वीकार्ने महासचिव देव गुरुङले बताँउदा प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् । यसले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा देखिएको बताएका उनले तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने समेत बताए ।

पछिल्लो समय विकसित घटनाक्रमले प्रचण्डमाथिको यो प्रयासलाई एमालेका नेताहरुले त संकटकै संज्ञा दिएका छन । प्रचण्ड कांग्रेस जानुको कारण समेत यहि रहेको दावी गरेका नेता गोकुल बास्कोटाले अष्टे«लिया जान लाग्दा आफूले बचाई दिएको टिप्पणी गरेका छन । २०७३ असारमा अष्ट्रेलिया भ्रमणमा जाना लाग्दा द्वन्द्वकालीन घटनाको विषयलाई लिएर ’गतिविधि’ हुन सक्ने देखेपछि प्रचण्डको भ्रमण रद्द भएको प्रसङलाई जोडेका उनले यसैबाट बाच्न कांग्रेसको हात समातेको आरोप लगाएका हुन ।

यता पूर्व माओवादी नेता तथा हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भने बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको तर्क गरेका छन । तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ ? भन्ने प्रश्न गरेका उनले अब माओवादी नाममा धेरै मोह नगरेर सबै पूर्व माओवादीहरू एक हुनुपर्ने समेत बताएका छन् । जहाँ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताएका छन ।

त्यसो गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउन तागत रहेको धम्कीको भाषा नै वोलेका छन । पछिल्लो सडकमा राजावादी भन्दै गतिविधि बढ्दै गएको छ र पूर्व राजा स्वयम यस्ता कार्यक्रममा उपस्थिती भएका छन । जहाँ प्रजातन्त्र दिवसको अवसर पारेर दलहरुलाई आग्रह नै गरेका उनले अव आफू मौन बस्न नसक्ने समेत बताईसकेका छन ।

यो परिस्थितीमा प्रचण्डमाथि रिट दर्ता गर्न आदेश आएको हो भने रिट दायर गर्ने समेत उनले सहकार्य गरेका कांग्रेसकै नेताहरु छन । जसले तरंगित बनेको माओवादीका नेता शंशकित छन भने त्यसको जवाफमा आज एकैचोटि जवाफी फायर खोलेका हुन् । किनकी प्रभण्डमाथि यो मुद्या अघि बढिहाले पहिले संगै युद्ध मोर्चामा रहेका र हाल तिरवितर भएका कमाण्डरहरु पनि त्यही हिलोमा नलपेटिएला भन्न सकिन्न । त्यसको त्रास पूर्व माओवादीहरु एकसाथ ओकलीरहेका छन् ।