Breaking

प्रचण्डमाथि चौतर्फी घेराबन्दी, अदातलको फैसलाले तरङ्ग


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटपूर्ण घेराबन्दीमा परेका छन् । यसै पनि सत्ता गठबन्धनको भागबण्डाले थिचिएका प्रचण्डलाई पक्राउ गर्न लागि परेको रिटमा सर्वाेच्चको आदेश आएसँगै उनी माथि थप दबाब श्रृजना भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रत्येक प्रधानमन्त्रीत्व गर्धनमाथिको तरबार बन्ने गरेको छ ।२०६४ को निर्वाचनमा पार्टी पहिलो बनेपछि प्रचण्ड सरकारको नेतृत्वमा आएका थिए ।

तर तत्कालिन प्रधान सेनापति रुकमाङगद कटवाललाई बर्खास्त गर्ने प्रचण्डको निर्णय रोकेर तत्कालिन राष्ट्रपति रामवरण यादवले पद थमौति गरि दिएपछि उनीराजीनामा दिन बाध्य बने । झण्डै सात बर्षपछि फेरि प्रधानमन्त्री बनेका प्रचण्ड मन्त्रिपरिषद्को वरियतासमेत तोक्न नसकेर आलोचित बने । निर्वाचनको मितिनै घोषणा गर्न नसकेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।अहिले तेस्रोपटक प्रचण्ड प्रधानमन्त्री बनेका छन् । तर तीनबर्ष अघि ‘५ हजार मारेको जिम्मा लिन्छु’ भनेको अभिव्यक्तिलाई अपराधको स्वीकारोक्तिबनाएर सर्वाेच्चमापरेको रिट दर्ता गर्न न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले शुक्रबार आदेश नै दिएपछि प्रचण्ड अर्काे तनावमा परेका छन् ।

यसअघिशान्तभएको मुद्धा उनीप्रधानमन्त्री बनेलगत्तै ब्यूँतिएको छ । जुन सरकार छोड्न बाध्यहुनेसम्मको कारण बन्नसक्छ । शान्ति प्रक्रियापछि संक्रमणकालिन न्याय निरुपणका विषयलाई माओवादीले गम्भीरताका साथनलिँदास्वदेशदेखि अन्तराष्ट्रियस्तरमै प्रचण्डको आलोचनाहुने गरेको छ । १७हजारको हत्याराको आरोपले उनीअन्तर्राष्ट्रिय मञ्चमा ढुक्कसँग उभिन सकिरहेका छैनन् । झनपक्राउ पर्नसक्ने डरले युरोप लगायतका देशमाजाँदासतर्कताअपनाउनुपर्ने बाध्यता छ । अहिले सरकारको नेतृत्व र समीकरण फेरबदलसँगै सर्वाेच्चबाट आएको आदेशले प्रचण्ड पुनःत्रासमा परेका छन् ।

सत्तागुमाउनुको झोँकमा परेमाविपक्षीहरु पनिहिसाबकितावखोज्न थालेका छन् । द्वन्द्वपीडितले न्यायपाउने विषयलाई अनन्तकालसम्मअल्झाएर राख्ननमिल्ने न्यायिक दृष्टिकोणलाई आधार बनाएर सर्वाेच्चले पुनःआदेश सार्वजनिक गरेको हो । तर त्यसका विरुद्ध नेकपामाओवादी केन्द्रले विज्ञप्ती नै जारी गर्दै थपअपरिपक्कताप्रदर्शन गरेका छ । किनकि ‘हलो अड्काएर गोरु चुट्ने काम’माओवादीबाटै भएको हो ।

शान्तिपूर्ण राजनीतिमाआएदेखि लगभगप्रत्येक सरकारमा सहभागिभएको माओवादीले तीनपटक आफै नेतृत्व गरेको छ । तर अहिलेसम्मयसलाई टुंग्याउन आफै आनाकानी गरेको प्रतिफलनिक्लिनथालेको छ । किनकिउसले यसको समाधानकालागि बनेका निकाय, आयोगहरुलाईकार्यकर्ता भर्तिको थलो मात्रै बनाएको थियो । तर जबजब यस्ता विषय उठ्छन् र प्रचण्ड संकटमा पर्छन्, आफुमाथि देशीविदेशीको घेराबन्दीभएको भन्दै विक्षप्त बन्छन् ।

पछिल्लो पटक सत्ता राजनीतिको खेलमाएमालेको समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपतिको निर्वाचनसम्मपुग्दाकाँग्रेसकै कित्तामाफर्किएपछि यसै समस्याग्रस्त छन् । सरकार विस्तारदेखि भागबण्डाका विषयमा गठबन्धनभित्र अविश्वासमात्रै छ । आफुले बढी नपाए छोड्ने धम्की सबैले दिइरहेका छन् । राष्ट्रपति पाउनवित्तिकै सरकार पनिहत्याउन सक्ने दाउमा रहेको काँग्रेसले जुनसुकै बेला छोड्न सक्ने दबाब प्रचण्डमा परेको छ ।ओलीको प्रस्तावमालोभिएर देउवाप्रधानमन्त्रीबन्नगएमाओवादी सत्ताका सबै सुविधाबाट बञ्चितहुनेछ ।