Breaking

लुम्बिनी प्रदेशले लियो वन सम्वद्र्धनमा अग्रसरता, उपभोक्ताले लिए वन संरक्षणमा चासो


काठमाडौँ — नेपाल जलविद्युत क्षेत्रमा मात्रै होइन, वनजंगलमा पनि सम्पन्न मुलुक हो । त्यसैले त भनिन्छ ‘हरियो वन नेपालको धन’ तर, वनजंगलको उचित संरक्षण हुन नसक्दा नेपालको वनलाई धनको रुपमा प्रयोग गर्न सकिएको छैन । तथापि पछिल्लो समय नागरिकहरुमा आएको चेतनाकै कारण वनजंगलको संरक्षणमा विशेष जोड दिन थालिएको छ ।

लुम्विनी प्रदेशले वन सम्वद्र्धन कार्यविधि सुरु गरेको छ । कार्यविधि सुरु भएसँगै प्रदेश अन्तर्गत नवलपरासी जिल्लाका उपभोक्ताहरु खुशी भएका छन् ।कार्यविधि बनेसँगै वनको दिगो व्यवस्थापन, काठको उच्चतम प्रयोग र नियमित आम्दानीका लागि सहजता हुने वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङले बताएका छन् । उनले उपभोक्ताले प्रयोग गरेर बचेका काठ विक्री गरेर आर्थिक विकास र राजश्व संकलनमा योगदान पुग्ने बताए । सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन वैज्ञानिक वन ब्यवस्थापन हो ।

तत्काल फाइदा पाइने र भविष्यको लागि वन जोगिने भएपछि उपभोक्ता यसप्रति आकर्षित भएको मुलपानी सामुदायिक वन उपभोक्ता समुह नवलपरासीका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले बताए । वनले उपभोक्तालाई मात्र नभई राज्यको अर्थतन्त्रलाई पनि बलियो बनाउन सहयोग पु¥याउँछ । वनमा भएका बुढा रुखलाई काट्ने र सानालाई हुर्काउनेतर्फ जोड दिनुपर्ने डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्लेले बताए । नवलपरासीमा२१ हजार ८ सय ५९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । यो भनेको जिल्लाको कूल क्षेत्रफलमध्ये ३० प्रतिशत हो ।