विदेश

विश्वकै ठूलो शरणार्थी शिविरमा भीषण आगलागी, २ हजार घर–टहरा जलेर नष्ट


बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर–टहरा जलेर नष्ट भएका हुन् । आगलागीबाट हजारौं शरणार्थीहरु बासबिहीन बनेका छन् । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब २ हजार घर–टहरा जलेर नष्ट भएको छ । आगलागीबाट ३५ वटा अस्थायी मस्जिद र १२ वटा प्रारम्भिक सिकाई केन्द्रहरु पनि जलेर नष्ट भएको छ ।

स्थानीय समयअनुसार दिउँसो २ः४५ बजे सुरु भएको आगोले केही बेरमै बाँस र त्रिपाल भएको शिविरलाई ध्वस्त बनाएको थियो । झन्डै दुईहजार वटा टहराहरू जलेर १२ हजार जनाजति म्यान्मारी नागरिकहरू आश्रयविहीन बन्न पुगेका छन् । आगलागी भएपछि ११ नम्बरको शिविरबाट धुवाँको मुस्लो उडेको थियो । कक्स बजार क्षेत्रमा धेरै शिविरहरू छन् तिनमा १० लाखभन्दा बढी शरणार्थीहरू बसोबास गर्दै आएका छन् । ती शिविरको स्थिति अहिले दयनीय छ र त्यहाँ शरणार्थीको ठूलो चाप छ । कक्स बजारस्थित शिविरलाई विश्वकै ठूलो शरणार्थी शिविर मानिन्छ ।

म्यान्मारमा सेनाले रोहिंग्या समुदायमाथि दमन गर्न थालेपछि भागेर बाङ्ग्लादेश आएका मानिसहरूले त्यहाँ आश्रय लिइरहेका छन् । सन् २०२१ को आरम्भदेखि २०२२ को अन्त्यसम्म रोहिंग्या शरणार्थी शिविरहरूमा आगलागीका २२२ वटा घटनाहरु भएको छ । शरणार्थी बस्तीमा मार्च २०२१ मा भएको भीषण आगलागीमा १५ जनाको मृत्यु भएको थियो भने ५० हजार जना विस्थापित भएका थिए । बौद्धबहुल म्यान्मारमा बस्ने रोहिंग्याहरू मुसलमान हुन् ।

म्यान्मारमा उनीहरूविरुद्ध लामो समयदेखि अत्याचार हुँदै आइरहेको छ । एउटा रोहिंग्या विद्रोही समूहले प्रहरी चौकीहरूमा आक्रमण गरेपछि सेनाले कारबाही थाल्दा सन् २०१७ को अगस्ट महिनामाबाट रोहिंग्या समुदायका मानिसहरू ठूलो सङ्ख्यामा भागेर बाङ्ग्लादेशतिर जान थालेका थिए । २०१७ मा म्यानमारमा भएको सैनिक कारबाहीपछि भागेका लाखौं मुस्लिमहरु बंगलादेशमा अहिले शरण लिइरहेका छन ।