Breaking

सत्ता जोगउन विफल एमालेको कम प्राथमिकतामा राष्ट्रपति, आफ्नै बलबुतामा उभिने एमालेको अठोट


काठमाडौँ — सत्ताजोगाउने हरेक प्रयास विफल भएपछि एमाले अहिले प्रतिपक्षमा बस्न बाध्य छ । सबै दलको घेराबन्दीमा परेको महसुस गरेका ओलीएमालेलाई नयाँ ढंगबाट उठाउने अभ्यासमालागेका छन् ।अबको तीनदिनमा देशले गणतन्त्रको चौथो कार्यकालमा तेस्रो व्यक्तिलाई राष्ट्रपतिको रुपमापाउँदै छ । कांग्रेस र एमालेबाटप्रतिष्पर्धामाउत्रिएकाउम्मेदवारमध्ये एक देशको नयाँ राष्ट्रपति हुनेछ । जसकालागिकांग्रेस आफ्नो उम्मेदावरलाई जिताउनलागिपर्दा एमालेको प्राथमिकतामा‘मिसनग्रासरुट’ बनेको छ । सबै पार्टीबाट एक्लिएर राष्ट्रपति निर्वाचनलाई कमप्राथमिकतामा राखेको एमाले पार्टी सुढृडीकरणमा लागेको छ । सातदलीय गठबन्धनको नेतृत्व गरेर दुई महिना सत्ताको यात्रा तय गरेको नेकपाएमाले अहिलेकिनारामा छ ।

५ वर्षसम्म सँगै सहकार्य गरेर अघि बढ्ने भनेर एमाले अध्यक्ष केपीशर्मा ओलीकै सहयोगमाप्रधानमन्त्री बनेका माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले दुई कदमचल्दैमायात्रा टुंगाएपछि ओली सत्ताको राजनीतिबाट किनारामापुगेको हो । यसअघि आफ्नै गठबन्धनमा रहेका राप्रपा, रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले पनि दोहोरो चरित्र देखाइरहेकै छ । ओली गठबन्धनमा हुँदा सँगै हिँडेका पार्टीले पनि साथ छोडेपछि एक्लिएकोएमाले अहिले देशैभर पार्टी सुदृढिकरणमा लागेको छ । ओलीले सबैतिरबाट आफू घेराबन्दीमा परेको महसुस गरिरहेका छन् ।

सत्ताजोगाउने हरेक प्रयास विफल भएपछि एमाले आफ्नै पार्टीलाई बलियो बनाउनतर्फ लागेको हो । पुराना सहयात्रीमाधव नेपालसँगको पार्टी एकतापनितत्कालकालागि सम्भव रहेन । प्रचण्डसँगको सहकार्य पनिआधागन्तव्यमै छुट्यो । प्रचण्डलाई नै असफलबनाउनकांग्रेससँगको मिलनपनिपार नलागेपछि अब आफ्नै बलबुतामाएक्लै उभिने ओलीले अठोट गरेका छन् । जसकालागिएमाले दुई महिने ‘मिसनग्रासरुट’ अभियानथालेको हो । एमालेले ‘मिसनग्रासरुट’ अभियानअन्तर्गत सातउपाध्यक्ष र सात सचिवलाई कार्यक्षेत्रमाजिम्मेवारीसहित खटाएको छ ।

अध्यक्ष केपीशर्मा ओलीले फागुन ५ गते सातप्रदेश र विशेष प्रदेशमाआयोजनाभएकोअभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियानसुरु भएको हो । एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिएको छ भने उनीहरूलाई ११ वटा कार्यादेश तोकिएको छ। अभियानको अनुगमनर संयोजनकालागि पार्टीकाउपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिएका छन ्। प्रचण्डबाट धोका खाएकाओलीलाई अब सशक्तप्रतिपक्षमा बसेर जनताको आवाजबन्ने ठूलो अवसर मिलेको छ । त्यसै अवसरलाई सदुपयोग गर्न एमाले जनताकोबीचमापुगेको छ । कम्युनिष्टदेखि सबैबाट घेरबन्दीको शिकार भएको ओलीले बताइरहँदाउनले चालेको यो कदमले अब आफ्नै संगठनको बलबुतामा उठ्न कत्तिको सम्भव हुने हो त्यो आगामीदिनले नै देखाउँने छ ।