Breaking

रंगहरुको पर्व होली आज काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै


काठमाडौँ — फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । वसन्तपुर, टुँडिखेल, नयाँ बानेश्वर, लैनचौर लगायतका स्थानहरुमा मानिसहरु जम्मा भएर होली पर्व मनाइरहेका छन् ।

एक साता अघि नै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर शुरू होली पर्व मनाउने क्रममा बसन्तपुर दरबार क्षेत्रमा मानिसहरु चीरको पूजा समेत गर्दछन् । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा एक अर्कामा रंग दलेल होली पर्व उल्लासपूर्ण तरिकाले मनाइने गरिन्छ । यसैबीच होली पर्वकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्नुभएको छ ।