Breaking

ओलीमाथि प्रचण्डले पारेको बज्रपात, अब के छन् सत्ता फर्काउने विकल्प ? एमाले काँग्रेस सहकार्य कति नजिक ?


काठमाडौँ — नेपालीराजनीतिमा सबैजायजहुन्छ र सम्भव पनिभन्ने भनाइ फेरि एकपटक प्रमाणित भएको छ । काँग्रेसबाट नपाएको प्रधानमन्त्री पद प्रचण्डले एमालेबाट पाएका छन् ।तर प्रचण्डको समीकरण फेरबदलसँगै एमाले गुमाउने अवस्थामा छ ।एमाले अध्यक्षओलीकाविकल्पपनि साधुरिँदै गएका छन् । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ काँग्रेस नेतृत्वकै गठबन्धनमा फर्किएपछि एमाले अध्यक्षओलीसाघुरो बाटोबाट सिंहासनफर्काउने दाउपेचमा छन् ।

आजभोलिओलीको बोली सुनियो भने उनीविकल्पविहिनबन्दै गएको प्रष्ट झल्किन्छ ।किनकिएक्लिएको एमालेकाअघि आठ दलीयमोर्चा खडा भएको छ, जस्तो निर्वाचन अघि थियो ।राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङ जस्ताबलियाउम्मेदवार उठाएपनि टेको समाइदिने र आड दिने कोही नभएपछि नेम्वाङ पराजितउम्मेदवारबन्नेसम्भावना छ ।तर पनिओलीगठबन्धनविरुद्ध जितनिकाल्ने विश्वास देखाइरहेका छन् ।

राष्ट्रिय सहमतिको नामदिएर काँग्रेसलाई भाग पु¥याउने प्रचण्डको योजनामुताबिकपुस १० को गठबन्धन जन्मिँदाएमालेको जन्मकुण्डलीमै भएको राष्ट्रपति काँग्रेसका रामचन्द्र पौडेलले पाउने सम्भावनाबलियो बनेपछि ओली सरकार छोड्न बाध्य बनेका थिए । लगत्तै उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीदिएर राष्ट्रपति आफुले पाउने र प्रचण्डबाट सत्ताखोस्ने विकल्प अघि सारे । तर देउवाओलीको प्रस्तावमालोभी नबनेपछि त्यो विकल्पपनिऔचित्यहिनबन्यो । त्यसपछि पनिओलीले राष्ट्रपति काँग्रेसलाई दिएर प्रधानमन्त्रीमाआधा सहमतिको कसरत गरेका थिए । तर गठबन्धन बचाउने पहिलो दायित्व उठाएको काँग्रेसले प्रधानमन्त्रीलाई जोगाउने अपनत्वसमेत लिएपछि ओली संकटमा छन् ।

तर फागुन २५ माहुने राष्ट्रपति निर्वाचनलगत्तै ओलीकाविकल्पहरु पनिखुल्ने प्रक्षेपणहरु भइरहेका छन् । किनकिएमाले सरकारको नेतृत्वकाँग्रेसलाई दिएर सत्तापलटको खेलमा अघि बढेको छ । यसको स्पष्ट संकेत पाएका देउवाले राष्ट्रपतिको निर्वाचनलाई प्रमुखबनाएर सरकार विस्तारको विषयलाई गौण बनाएका छन् ।यसले प्रधानमन्त्री प्रचण्डमा काँग्रेसप्रतिअविश्वास बढाउने कामपनि गरेको छ । यता संवैधानिक परिषद्माप्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहँदाओली स्पष्ट बहुमतमा छन् ।

६ सदस्यीय परिषद्माविपक्षीदलको नेतासहितओलीसँगतीन सदस्य रहेका बेलाप्रधानमन्त्रीको पक्षमाखुल्ने एक सदस्यपनि देखिएको छैन । ओलीनभइ संवैधानिक भागबण्डामै संकट आउने छ ।यसले पनि सत्ता फेरबदल गर्न ओलीमाथपबल पु¥याएको छ । जुनदेउवासँग सहकार्य गर्नेविकल्पपनिबन्न सक्छ ।ओलीनभइ संसदमादुईतिहाई पुग्ने अवस्था छैन । यस्तो अवस्थामानागरिकताविधेयकलगायत संविधान संसोधनजस्ता मुद्धामा गठबन्धन कमजोर बन्नेछ ।संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको नेतृत्वमै एमाले निकटका व्यक्तिभएकाले ओलीकोसाथनभइ सार्वजनिकमहत्वका मुद्धामा सहमतिजुट्ने अवस्था नभएपछि रिझाउनै पर्ने बाध्यतामा देउवा–प्रचण्ड छन् ।फलतःओलीआफुले चुपलागेर बस्ने नीतिमा छैनन् ।

पछिल्लो समयओलीसँगमाधव नेपाल नेतृत्वको नेकपाएकीकृत समाजवादीपनिलचकबन्दै गएको छ ।काँग्रेसकाव्यक्ति राष्ट्रपति बन्दै गरेको विषयमा समाजवादीकाशीर्ष नेतृत्व नै खुशीदेखिन्नन् । तैपनिमाधव नेपालआफैँ प्रस्तावक बनेका छन् । तर पनिएमालेसँग संवादभएकाले पार्टी एकतालगायतकाविषयमाछलफल हुनसक्ने मत समाजवादीको छ ।यसो हुँदा ठूलो पार्टी बनाएर सरकारको नेतृत्वमाजाने विकल्पओलीका अघि पुनःफर्किन सक्छ ।उनलाई विकल्प जुटाउन सडकमा चर्किएको राजावादीआन्दोलन मात्रनभएर प्रचण्डविरुद्ध सर्वाेच्चमादायर रिट पनि सुविधाजनकहुने विश्लेषण भइरहेका छन् ।