Breaking

माओवादी कारण राजतन्त्रको अन्त्य भएको होइन: ओली


काठमाडौँ —नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी गरेका छन् । २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य नभएको अध्यक्ष ओलीले तर्क गरे । २०५२ साल पछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए। नेपालमा भएको के थियो, के प्राप्तिको लागि मारिएरु बहुदलीय व्यवस्था आएकै थियो ।

के को लागि मारिए त भन्दा अनौठो छ उनले भने आज गणतन्त्रका लागि भनिन्छ। २०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा । ६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होलारु जनयुद्धबाट कब्जा त गरेको होइन होला तरु संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?