Breaking

पात्ले ओखलढुंगा शेर्पा समाजको लोसार सांस्कृतिक कार्यक्रम सम्पन्न



काठमाडौँ– पात्ले ओखलढुंगा शेर्पा समाज सेवाले ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा टुल्कु ङवाङ कुन्खेन रिन्पोछेको प्रमुख आतिथ्यतामा २१५०औँ क्ष्यू मो ह्ये (खारायो वर्ष) ग्याल्पो लोसारको अवसरमा पात्ले ओखलढुंगा शेर्पा समाज सेवाले शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा शेर्पा समूदाय लगायत अधिकांशको वाक्लो उपस्थिति रहेको थियो । शेर्पा समूदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उदेश्यले २०६४ सालमा स्थापना भएको संस्थाले शेर्पा भाषा, संस्कृति र शैशिक क्षेत्रमा विविध कार्यहरू गर्दै आइरहेको संस्थाका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।

अध्यक्ष शेर्पाले संस्थाको प्रयासले मूर्तरूप लिएको बताउँदै कार्यक्रममा ओखलढुंगाका शेर्पा समूदायको बोक्लो उपस्थितिले गौरवान्वित बनाएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघ तथा नेपाल शेर्पा संघका अध्यक्षमा गेल्जे शेर्पा लामाले नेपाल सिंगो, जाति, भाषा र समूदायको साझा फुलबारी भएको बताउनुभयो । आदिवासी समुदायको संस्कृति र पहिचानले सौन्दर्यता थपिएको शेर्पाले बताउनुभयो ।

बहुरंगी संस्कृतिका हामी नेपालीहरूवीच आपसी सद्भाव, भाइचारा र एकता कायम राख्ने यस्तै कार्यक्रमले मद्दत मिल्ने अध्यक्ष शेर्पाले बताउनुभयो । समूदायको पहिचानका लागि आफू निरन्तर संघर्षमा रहेको बताउँदै आ—आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्न दत्तचित्त भएर लाग्न अध्यक्ष शेर्पाले शेर्पा समूदायलाई आह्वान समेत गर्नु भयो ।

स्वागतमा शेर्पाहरुको परम्परागत श्याब्रु नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय ख्याति प्राप्त कलाकार लगायत कलाकारहरूले दर्शकलाई नचाए ।