Breaking

आठ दलीय गठबन्धनको बैठक बस्दै


काठमाडौँ – सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ । साथै, सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ।

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई आठ दलीय गठबन्धनको साथ छ।