Breaking

बालेन फेरि मैदानमाउत्रदैँ पशुपतिका टहरा हटाईंदै, व्यापारीलाई तनाव


काठमााडौँ — सेवाभावको रुपमागाईको संरक्षणका लागिखोलिएको गौशालाधर्मशालाअहिले विवादको कारण बनेको छ । धर्मशालाभित्रनियमविपरीत संरचनाबनाएको कारण पवित्रभूमिमा रहेको धर्मशालाको छवि धुमिलिँदैगएको छ । मारवाडी सेवा समिति र काठमाडौँ महानगरपालिकाबीचधर्मशालालाई लिएर टकराव सिर्जना भएको छ । समितिले सञ्चालनगर्दै आएको गौशालाधर्मशालाभित्रमहानगरको अनुमतिविना नै भवन संरचनानिर्माण भएको भन्दै महानगरले हटाउन भनेपछि समिति र महानगरबीचविवादचर्किएको हो । सेवाभावको रुपमागाईको संरक्षणका लागिखोलिएको गौशालाधर्मशालामाअवैध संरचना खडा गरीव्यापारीकरण हुँदै गएपछि विवादले चर्काे रुप लिएको हो ।

गौशालाधर्मशालाले पशुपति क्षेत्र विकास कोषबाट प्रतिरोपनीवार्षिक ५० हजार भाडा तिर्ने गरेर १० रोपनीजग्गाको भोग चलनगरिरहेको छ । सोहीजग्गामाआफुखुसीनक्सापास नगरी संरचनानिर्माण गरेको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो । सुरुवातमापशुपति क्षेत्र विकास कोषले नै अनाधिकृत संरचनाभत्काउनखोज्दाविवादमा मुछिएपछि कोषले अहिले महानगर गुहारेको छ । बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहानदिई अवैध रुपमासंरचनानिर्माण भएको र सम्झौताविपरीतकाव्यवसाय र अतिक्रमित संरचना हटाउनअनुरोध गरेको थियो। कोषको पत्रलाई तत्कालकार्यान्वयन गरेको महानगरले बिहीबार अनुगमनगर्दै संचरना हटाउन उर्दी जारी गरेको थियो ।

महानगरको अनुगमनकाक्रममा २० वटा भन्दाबढी सटर विनादर्ता संचालनमा रहेको खुल्नआएको छ । मूलतःगौशालाधर्मशाला काठमाडौंका थारागाई र साँढेहरुको संरक्षणको लागिखोलिएको हो । तर अहिले त्यहीधर्मशालाचलाएर बसेका माडवारी समुदायले यसलाई व्यवसायीकरण गरेर लाभ उठाइरहेकोछ । यसभन्दा अगाडिगतमंसिर १० गते पनिविकाश कोषले डोजर लिएर भत्काउने प्रयास गरेको थियो ।

गौशालाधर्मशालामात्रै होइनव्यापारी बतास समुहले चलाइरहेको पशुपतिधर्मशालाले पनिधर्मशालाको नाममामहँगोहोटल चलाएको भन्दै विवादहुने गरेको छ । तर आराध्यदेवभगवान् पशुपतिनाथको बास रहेको यो क्षेत्रमा सेवाभावभन्दाकमाउधन्दाचलाउनेहरु बढि सक्रियहुँदै गएका छन् । त्यसो त अहिले गौशालाले पशुपतिनाथको अभिषेककालागि दैनिक २९ लिटर गाईको दूधउपलब्ध गराउने गरेको छ । धर्मशालाभित्रहालगौसेवा, निःशुल्कशवबाहन सेवा, शव राख्ने फ्रिजलगायतका सेवादिँदै आएको छ। तर उनीहरुले धर्मशालाभित्रनियमविपरीत गरेका कार्यले धर्मशालाको छवि मैलाउँदै लगेको छ।