Breaking

करमा नेताको ब्रह्मलुट, पूर्वराष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म राज्यको ढुकुटी रित्याउँदै,आर्थिक संकटमा


काठमाडौँ — जनसेवागर्न भनेर राजनीतिमाहोमिएका राजनीतिज्ञहरु आफ्नै सेवामालाग्दा देश अराजकतातर्फ लम्किरहेको छ । देश आर्थिक संकटतर्फ उन्मुखभइरहँदा विशिष्ट व्यक्तिहरुलाई दिने अनुत्पादित सेवासुविधाले थपआर्थिक झन्झट झेल्नुपर्ने देखिन्छ । उच्चपदमाआसीन विशिष्ट व्यक्तिहरुको सेवा सुविधाको माग धेरै हुँदा सरकारलाई त्यसको सम्बोधनगर्न नै सकस भएको छ । डेढ महिनाबितिसक्दाबल्लमन्त्रिपरिषद्ले सभामुख देवराज घिमिरेका लागिनिवासको टुंगोे लगायो । त्यसो त सभामुख घिमिरेलाई सरकारले लैनचौरस्थितपूर्वसभामुखअग्नि सापकोटा बस्दै आएको सरकारी निवासमा राख्ने व्यवस्थामिलाइसकेको थियो ।

तर, देवराज घिमिरेले त्यहाँ बस्न इन्कार गरेपछि उनकै मागबमोजिम बालुवाटारभित्रै बसाउने निर्णय गत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ । जसकालागिअहिले उनी बस्ने क्वाटरमा रंगरोगनको कार्य थालनीगरिएको छ । यसभन्दा अघि त्यहाँ राष्ट्रिय सभाकाअध्यक्ष गणेश तिमल्सिना बस्दै आएकाथिए । सभामुखको मागपुरा हुँदै गर्दा उपसभामुखले इन्दिरा रानाले पनि राज्यबाट पाउनु पर्ने सेवा सुविधानपाएको गुनासो गरेकीछिन् । आफू महिलाभएकै कारण सेवा–सुविधामापनि भेदभाव गरेको मनको बह पोखिकी छन् ।

‘घाँटी हेरेर हाड निल्नु’ नेपाली समाजमानिकै प्रचलितउखान छ । नेपाल चरम आर्थिक संकटतर्फ उन्मुखभइरहेको यथार्थ कोही कसैसँग लुकेको विषयहोइन । स्वयम् संवैधानिक परिषद्का सदस्यहरुका साथै आर्थिक विज्ञहरु पनियसबारे खुलेरै बोलिरहेका छन् । यस्तोमा नयाँ बनेका मन्त्रीहरुलाई पूर्वमन्त्रीहरुले चढेका गाडी स्वीकार्य छैन । पुराना गाडीलाई सिंहदरबारमाथन्काएर नयाँ गाडीमा सवार हुने नजिर बसेको छ । उतापूर्व मुख्यमन्त्री, मन्त्रीहरु पदबाट मुक्तहुँदापनि सेवासुविधाबाट भने मुक्तहुनचाहँदैनन् ।

मधेश प्रदेशकापूर्वमुख्यमन्त्रीलालबाबु राउतले दुई महिनाबितिसक्दापनि गाडी लगायतकाआइफोन, म्याकबुक, ल्यापटप जस्ता जिन्सी सामानहरु फिर्तागर्न चाहँदैनन् । राज्य टाँट पल्टिन लाग्दापनिजनताको पसिनाले जोडेको ढुकुटी चुस्न छोड्दैनन् । आर्थिक, राजनीतिक सामाजिक सबै मिलेर जानु पर्ने अवस्थामा नेताहरु ब्रह्मलुटमच्चाउनमातल्लिन देखिन्छन् ।

पूर्वराष्ट्रपति रामवरण यादवलाई महिनामा सरकारले लाखौ रुपैयाँखर्च गरिरहेको छ । अबको केहीदिनमा नै त्यो खर्च दोब्बर हुने छ । त्यस्तै सातै प्रदेशकाप्रदेश प्रमुखहरुको खर्च पनि सरकारको ढुकुटीबाट हुँदै छ । प्रत्येककार्यकालसँगै यस्ता अनुत्पादकखर्च बढ्ने नै छ । करोडौं सम्पत्तिकामालिकपूर्व प्रधानमन्त्रीझलनाथखनाललाई बारम्बार सरकारी कोषबाट रकम छुट्याइन्छ । जनताको सेवा गर्छु भनेर राजनीतिमालागेका नेताहरु पदमापुगिसकेपछि भने जनसेवाभन्दापनि स्वसेवालाई महत्वदिँदा एक त नेतहरुप्रतिआमनागरिकले हेर्ने नजरीयामानकारात्मकता पैदा हुँदै गएको छ भने अर्कातर्फ सरकारी ढुकुटीको नाशभइरहेको छ ।