Breaking

राजतन्त्रको पक्षमा काठमाडौमा उर्लियो जनसागर,राजा ल्याएरै छाड्ने अठोट


काठमाडौँ — मेची पुलबाट सुरु भएको विकृति विरुद्धको महाअभियान संघीय राजधानी काठमाडौं आइपुगेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा सुरु भएको ‘राष्ट्र–राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान’ले राजसंस्था र हिन्दु राज्यका पक्षमा शनिवार काठमाडौमा बृहत जनप्रर्दशन गरेको छ । यो दृश्य शनिवार काठमाडौको नयाँ बानेश्वरस्थित संसद भवन नजिकैको हो । जहाँ लगभग दिनभरजसो हिन्दुराज्य र राजसंस्थाका पक्षमा चर्को नारावाजी चल्यो ।

यो जनप्रर्दशन मेडिकल व्यवसायी समेत रहेका अभियन्ता दुर्गा प्रसाईको शक्ति प्रर्दशन हो । उनको यो अभियानलाई राजावादी तथा हिन्दू राष्ट्र नेपालका पक्षधरहरुले साथ दिएका छन् । हिन्दू राष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण जस्ता माग सहित मेची महाकाली महाअभियान नै चलाएका प्रसाईले शनिवार काठमाडौमा आफ्नो शक्ति प्रर्दशन गरेका छन ।

गत फागुन १ गते पूर्व राजा ज्ञानेन्द्र शाह,पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा उभ्याएर मेची पुलबाट सुरु भएको प्रसाईको यो अभियान शनिवार संघीय राजधानी काठमाडौ आइपुगेको हो । सहभागीहरुले राजसंस्था स्थापना, हिन्दू राष्ट्र स्थापना, २०४७ सालको संविधानको पुनस्र्थापना लगायतका मागलाई आफ्नो एजेन्डा बनाएका छन । मौजुदा व्यवस्था र नेतृत्वबाट आजित बनेका सर्वसाधरण विकल्पको खोजीमा सडकमा उत्रिएका हुन् । मुलुकको रक्षाका लागि राजसंस्थाको विकल्प नभएको उनीहरुको तर्क छ । प्रसाईले यसअघि सोही एजेण्डा लिएर झापाबाट मेची–महाकाली अभियान सञ्चालन गर्दै कञ्चनपुरसम्म अभियान सञ्चालन गरिसकेका छन ।