Breaking

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार हुनु मुलुकका लागि दुर्भाग्य: ओली


काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन् । शनिबार भक्तपुरमा आयोजित एमाले निकट वुद्धिजीवि परिषद केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको उकोले दावी छ ।

जनतालाई भ्रममा पार्न सफल शक्तिले अहिले पनि सत्ताकब्जा गरिरहेको उनले उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट वुद्धिजीविलाई आग्रह समेत गरे । अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन वुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए ।