Breaking

को हो विदेशीको गुलाम ? किन बढ्यो उनीहरुको हस्तक्षेप ? आफू सत्तामा हुँदा भक्तिगान वाहिर आए तथानाम ?


काठमाडौँ — नेपाली राजनीतिमा नियमिततामा क्रमभङ्गतालाई भरसक लोकतान्त्रिक प्रणालीमा नयाँ अभ्यासको रुपमा अथ्र्याउने नेताहरुको पुरानौ बानी हो । सत्ता–स्वार्थका लागि उनीहरुको यो लुच्चापनलाई यसले पनि छोप्न नसके उनीहरुको मुखमा अहिले बाह्य शक्तिको चलखेल आउने गरेको छ । आफू अनुकुल भए चुप बस्ने उनीहरु आफूले गर्ने प्रत्येक राजनीतिक स्वार्थ केन्द्रित कार्यलाई अचेल यही शब्दले गंगाजल छर्कने गरेका छन । किन आयो त यो अवस्था ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई साथ दिने निर्णय गरेको दुई दिनपछि अर्थात १२ गते एक सार्वजनिक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो कदम देशलाई अस्थिरतातर्फ धकेल्ने काम भएको बताए ।

अझ अघि बढेर राजनीतिक स्थिरताका लागि एमाले जोसुकैसँग सहकार्य गर्न तयार हुने बताएका उनले नेपालमा राजनीतिक अस्थिरता कायम गर्न देशी विदेशी शक्ति क्रियाशील रहेको आरोप लगाए । कांग्रेस छाडेर प्रचण्डले एमाले रोजेर प्रधानमन्त्री भएपछि बढेको शक्तिराष्ट्रका उपल्लो तहका व्यक्तिहरुको भ्रमण र प्रचण्डमा आएको व्यवहारकाबीच उनको यो तर्क सुन्दा मिठो पनि सुनियो । १४ फागुनमा एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाए । त्यसैले राष्ट्र बचाउन राष्ट्रपतिमा आफ्नो उम्मेद्वारलाई भोट दिनुपर्ने आशयमा प्रस्तुत भएका उनले त्यसअघि पनि प्रचण्ड दवावमा परेको बताउँदै आएका थिए ।

विदेशी शक्तिकै दवाव र त्यसमा प्रचण्ड वहकिदा दुई महिनामै गठबन्धन टुटेर कांग्रेसको ढोक्सामा पुगेको बताउँदै आएका उनले अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको समेत भन्न भ्याए । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न मारेको आकस्मिक छलाङले सत्ता पक्ष भएको खुसीमा रहेको एमाले नेताहरु यो गठबन्धनमा पुरै विवस्त थिए । केही समयअघिसम्म प्रचण्डले गरेको सात खुन माफ भए भनेझै लपक्कै बनेका उनीहरुले शायद आजको परिस्थितिको कल्पनै गरेका थिएनन् ।

यद्यपि माओवादीलाई बोक्नुमा अल्पमतको सरकार निर्माण हुने अवस्था आउनुलाई उनीहरुले कारण देखाएर । तर विश्वासको मत पाएको केही दिनमै प्रचण्डले यो गुण बिर्सिएर यस्तो व्यवहार देखाएकी एमाले अध्यक्ष केपी शर्मा ओली पानी बारबारकै अवस्था रहेका माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्न बाध्य बने । तर त्यो पनि पार नलागेपछि प्रचण्डलाई गाली दिन लागि परेको प्रत्येक एमाले नेताको मुखमा यसको कारणमा देशीसँगै विदेशी शक्तिको शब्द दोहोरिने गरेको छ । अझ गज्जब त कांग्रेसलाई राष्ट्रपति दिन राष्ट्रिय सहमतिको कुरा रटान लगाएको माओवादीले पनि केही दिनअघिसम्म यहि शब्द दोहो¥याइरहेको थियो ।

महासचिव देव गुरुङले त साथै, जनताले निर्वाचनमा सबै ठूला दलहरु मिलेर सरकार चलाउन म्याण्डेड दिएकाले पनि दलीय सहकार्य आवश्यक रहेको बताउँदै राष्ट्रपतिमा सबैको सहमति खोजेको बताए । तर त्यतिबेला एमालेले आफ्नै नेता राष्ट्रपति हुने पर्ने अडान लिइरहेको अवस्थालाई संकेत गर्दै उनले विदेशी शक्ति राष्ट्रहरुको चलखेलले गर्दा राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन अप्ठेरो परेको बताएका थिए ।

यी दुई प्रसङ्ग हेर्ने हो भने माओवादीको नजरमा विदेशी शक्ति पराजित भएको छ भने राष्ट्रिय सहमतिका व्यक्ति रामचन्द्र पौडेल भेटिएका छन । तर एमालेको कुरा सुन्ने हो भने बल्ल विदेशी शक्ति सफल भएको छ । जसले एमालेले गरिरहेको स्थिरताको प्रयास फेल भएको छ भने कृपा पाउनेहरु एक ठाउँमा आएका छन । जसले विदेशी शक्तिको भाष्य दलहरुकले कसरी आफ्नो स्वार्थमा प्रयोग गर्छन प्रष्ट । जुन कम्युनिष्ट पार्टीहरुमा अझ बढि छ । तर देश विदेशी शक्तिको चङ्गुलमा रहेको भने यसले प्रष्ट पार्छ । जहाँ आफु अनुकुल भए त्यसैलाई सही भन्ने प्रतिकुल भएमात्र बोल्ने दलहरुको बानी यसलाई अझ बढाइरहेको छ । पछिल्लो समय भारतीय तरकारीमा विषादी प्रयोगमा नेपाल पछि हटेको विषय समेत यसैको उदाहरण हो ।

ओली सरकारका बेला समेत यसरी नै सरकार पछि हटेको बिर्सिदै एमाले भातृसंगठन अहिलेको सरकारलाई गाली बर्साइरहेका छन । जसले उनीहरुको राजनीतिक रोटी सेकिएपनि आम नागरिक भने विषयुक्त तरकारी उपभोग गर्न बाध्य बनिरहेका छन् । यी उदाहरणहरुले देशकै नेताहरुको निकम्मापनका कारण विदेशी शक्ति हावी भइरहेको प्रष्ट भएपनि नेताहरु त्यो स्वीकार्न तयार छैनन् ।

नेताहरुको यही दोधारे चरित्रकै कारण आमनागरिक भने दिग्भ्रमित हुने अवस्था । फलत ः यसैलाई प्रयोग गरेर कसरी सत्ता प्राप्त गर्ने भन्दा माथि दल र नेताहरु उठ्न सकेका छैनन् । जसले उनीहरुले भन्ने गरेको विदेशी शक्तीलाई चलखेल गर्न सहज भएको छ । जुन सार्वभौम सत्ता सम्पन्न नागरिका दृष्टिले आम नेपालीका लागि सैह्य नहुने तथा साना राष्ट्रमाथि ठुला राष्ट्रले निर्वाह गर्नुपर्ने कर्तव्य विपरीत कार्य नै हो । तर नेता भक्तिभन्दा माथि नउठ्ने नागरिककै कारण आफ्नो थैली राम्रो नबाध्ने चोरलाई दोष लगाउने उखान चरितार्थ भइरहेको छ ।