Breaking

दुर्गा प्रसाईको अराजकताले सिंहासन फर्किने पूर्वराजाको आशा १ जनता भड्काएर के चाहन्छन राजावादी ?


काठमाडौँ — शहरमा राजा वोकेर सत्तायात्रा गर्ने सपना वोक्ने र व्यवस्थालाई दुत्कार्नेहरुको भिडमा नयाँ अनुहार थपिएका छन – दुर्गा प्रसाई । जसको अराजकतालाई पूर्व राजा ज्ञानेन्द्रकै साथ रहँदावैकका कर्मचारीमाथि हातपाथका घटना देखिन थालिसकेका छन । जहाँ अरु राजावादी शक्ती र स्वयम राजावादी पनि वर्तमान व्यवस्था खराव भन्दै त्यसैमा अराजकता निम्त्याएर आफू सिंहासनमा फर्कने सपना त देखिरहेकका छैनन् भन्ने प्रश्न उठेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान नाम दिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापा उतारेका दुर्गा प्रसाईले त्यस दिन आदेश दिए वित्तिय संस्थाका मान्छे किस्ता उठाउन आए कालो मोसो दल्दिनु । ती कर्मचारीलाई कालोमोसो केहि नहुने अनि पुलिसले लगेपनि हिरासतमा चार–पाँच दिन राख्ने भन्दै सर्वसाधरण उक्साएका उनले यसका लागि समिति नै बताएको बताँउदै आएका छन । माओवादी एमालेको आडले नपुगेर पूर्व राजालाई सडकमा झार्दैै उनी अहिले बैंक तथा वित्तीय संस्थामाथि नियोजित प्रहार गर्दै हिडिरहेका छन

यता यो व्यवस्थामा जति अराजकता मौलाउछ उति मौसुफको दरवार फिर्ती सहज हुन्छ भन्ने सुझाव पाएरै होला ज्ञानेन्द्र पनि हौसिएका छन । यसैको कारण हुनुपर्छ सार्वजनिक तथा अभियानका कार्यक्रममा अराजकताको संखघोषको साक्षी बसेका उनले प्रजातन्त्र दिवसका दिन अव मौन वस्न नसक्ने विज्ञप्ती नै निकाले । जसले आफूले पालेपोसेको राप्रपा सत्तायात्राको चास्नीमा डुवेपछि असन्तुष्ट उनले अहिले प्रसाईले सिंहासन फिर्ता गराईदिने आशामा रहेको आंशका गर्ने ठाँउ दिएको छ । अर्कातर्फ अहिले प्रसाईको उक्साहटपूर्ण भाषणका अराजक प्रभाव देखिन थालेको छ भने ज्ञानेन्द्र पनि भारततर्फ गएका छन ।

७ फागुनमा जारी सन्देशमा राजा र दलहरू मिल्नुपर्ने उल्लेख गरेका उनी निकटस्थलाई समेत जानकारी नदिई झापाबाटै सिलिगुडी हुँदै नयाँ दिल्ली पुगेका छन । अर्थात एकातर्फ देशमा अराजकताको विउ रोप्ने र त्यसैमा आफ्ना भक्त रमाईरहदाँ उनको उनी सुटुक्क भारत पुगेका हुन । जसले उनलाई वोकेर हिड्नेहरु अराजकतालाई मलजल गराउनेकै भरमा व्यवस्था परिवर्तन हुने विश्वासका साथ अघि बढेका हुन भन्ने समेत प्रश्न उठेको छ ।

यस्ता अभियानमा राजावादीको सक्रियता र पूर्वराजाको मौन स्वीकृतीले कुनै वेला जनयुद्धका नाममा जंगल पसेको माओवादीले वैक लुट्ने कार्य र अहिले राजावादीले विक्तिय संस्थामाथि सुरु गरेको युद्ध तुलना गर्न समेत थालेका छन । जहाँ केहि स्वार्थकै लागि माओवादीमा घुस्ने र अहिले ऋणबाट बच्न राजावादी बन्ने लहर समेत उस्तै देखिन थालेको छ । जहाँ एकातर्फ पार्टीमार्फत सदनमा अर्कातर्फ अभियानमार्फत सडकमार आफैपनि सक्रिय हुने पूर्वराजाको कदमले समेत यसमा अझ संसय थपिदिएको छ ।

अराजकता फैलान राजावादीको सक्रियता र त्यसैमा वहकिने ज्ञानेन्द्रको कदमप्रति दलहरुले समेत असन्तुष्टि जनाँउदै आएका छन । जसलाई राजावादीहरुले भने गणतन्त्रको धरातलको मजवुतिसंग जोड्दै आएका छन । जसले प्रसाई जस्ता व्यक्ति आफूलाई राजवादी हुनुमा फाईदा देखिरहेका छन । जसले संकटमा गएको अर्थतन्त्रबारे राष्ट्र वैक समेत स्पष्टिकरण दिन बाध्य छ । विक्तिय संस्थामा रहेको पैसा समेत आम नागरिककै हो भन्ने भुलेर राजवादी हुदैमा ऋण मिनाह हुने धारणा वोक्नेमाथि केहि दवाव मिलेको छ । जहाँ वैकको अर्वौ ऋण खाएर त्यसलाई हजम गर्न राजा वोकिरहेको प्रसाईको भित्रि रहस्य वारे स्वयम ज्ञानेन्द्र र प्रसाईको आशामा दौडिनेहरुले समेत सोच्न जरुरी देखिन्छ ।