Breaking

ओलीको धोकाले क्रुद्ध बने देउवा, एमाले–काँग्रेस मिलाउन राष्ट्रपतिकोपहल,भत्किएला गठबन्धन ?


काठमाडौँ — राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय राजनीतिहोमिएको छ । संविधानको रक्षा र गणतन्त्रको प्रतिकबन्ने दौडमा दुई उम्मेदवार होमिएका छन् । आफुबाट सत्ताखोसिएको झोँकमा रहेको एमाले राष्ट्रपतिकै निर्वाचनमा गठबन्धन भत्काउने दाउमा छ । तर आठ दलीय गठबन्धन पाँचै बर्ष मजबुतसहयात्राको विश्वासमा छ । प्रचण्डबाट धोका खाएकाओली केन्द्रदेखि प्रदेश सरकारसम्मगुमाउँदै गरेको वियोगमाप्रतिपक्षभएर मात्रैबस्लान् ? कि फागुन २५ पछि धोका खाने पालो प्रचण्डको हो ?राष्ट्रिय राजनीतिकादुई मुलप्रश्नहुन् ।पुस १० मा बनेको एमाले गठबन्धन भत्किएर फागुन ११माकाँग्रेसले आफ्नै नेतृत्वको गठबन्धन बनाएपछि राष्ट्रपति निर्वाचनको समीकरण फेरिएको छ ।

तर नयाँ बनेको समीकरणभित्रअविश्वास नै बढी भएपछि सहकार्यका आगामीदिनलाई कष्टकर देखाएर एमाले काँग्रेससँग खेल्न थालेको छ । र उसले फागुन २५ पछि सरकारकै नेतृत्वदिने लोभ देखाएर देउवाको भाउजोखिरहेको छ ।यद्यपी गठबन्धनभित्रका दलहरुमाकचकचगर्ने छुट नभएको भन्दै काँग्रेस पाँचै बर्ष सहकार्य जाने विश्वास देखाइरहेको छ ।

प्रचण्डको एकपलटसँगै सत्ताबाट पल्टिएको एमाले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री प्रस्तावगर्दै सके राष्ट्रपतिको निर्वाचन, नसके राष्ट्रपतिकै निर्वाचनपछि भएपनि समीकरण भत्काउने गरि अघि बढेको छ ।तर पुस १० माओली–प्रचण्डबीच सहमतिहुनुभन्दापहिले, देउवा र ओलीबीचभएको सहमतिको प्रयास र यसका घटनाक्रमहरुले काँग्रेसीहरु अहिले पनिओलीभन्नवित्तिकै त्रसित, आतंकित र भयावित् हुने गरेका छन् ।

किनकित्यतिबेलाबहालवाला राष्ट्रपतिकै रोहबरमादेउवा र ओलीबीच सहकार्यको सहमतिभएको थियो ।सुवास नेम्वाङलाई लिएर बालुवाटार गएकाओलीले राष्ट्रपति काँग्रेसलेलिने । तीनबर्ष देउवाप्रधानमन्त्रीबन्ने । दुई बर्ष आफु प्रधानमन्त्रीबन्ने र सभामुखपाँचै बर्ष आफुले राख्ने सहमति गरेका थिए ।फलतः देउवा३२ सिटे माओवादीकाअध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीनदिने निर्णयमापुगे । तर

देउवाभन्दा प्रचण्डलाई पेल्न सजिलो हुन्छ भन्दै सहकार्य गरेका ओलीले सुरुको दिनदेखि नै आफुलाई दबाबमा राखेको आरोपकै आधारमा प्रचण्डले सहमतितोडिदिएका छन् । तर यहाँकाँग्रेसको भूमिका नै निर्णायकथियो । उसले विश्वासको मतहुँदै सहकार्यमाभाँजो नहालेको भएअहिले समीकरण बन्ने सम्भावनाथिएन । यद्यपी राष्ट्रपतिको निर्वाचनपछि देउवामा सत्ताको मोह पलाउने र फेरि आफ्नै पक्षमाबाजी पलट हुने विश्वास एमालेमा छ ।

पछिल्ला घट्नाक्रमले फेरि देश अस्थिरतामा फसेको छ । यसको आरोप भने प्रधानमन्त्री प्रचण्डमाथि केन्द्रीत छ । जुनमाओवादीले पटक्कै स्वीकार्न चाहेको छैन ।आफ्नै कारण सबै विकल्पगुमाएर ओलीयतिबेलाप्रतिपक्षमात्रै छैनन् कि, उनकाआगामी बाटाहरु पनि साँधुरिँदै गएका छन् । त्यसैले प्रचण्डलाई फर्काउने भन्दाकाँग्रेसलाई फकाउनेतिर ध्यानदिइरहेको छ ।