Breaking

माधवको सुखद् सन्देशमा ओली, पल्टिन सक्छ पासा–जित्न सक्छन् सुवास,गगनले उडाए मजाक


काठमाडौँ — आफ्नाविरुद्ध आठ दलीय गठबन्धन उभिएका बेलाएमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा आफ्नै जितहुने दाबीगरिरहेका छन् । तर नेम्वाङले गरेको घरदैलोमा समर्थनको स्पष्ट संकेत कसैले दिएका छैनन् । यसले हार्ने चुनावमा अघि बढेको एमाले जित्ने दाबीकिनगर्दैछ भन्ने अलमल बढेको छ । अक्सर घरमै माग्न आएपछि ‘दिन्नहुन्न’भन्ने नेपालीबानीहुँदैन । तर बिहिबार माधवकुमार नेपाल नेतृत्वको नेकपाएकीकृत समाजवादीको कार्यालयमै पुगेर भोट माग्दैहात फैलाएका सुवासचन्द्र नेम्वाङलाई माधवले रित्तै हातफर्काइदिए ।तथापिचिसोपानीखुवाएर स्वागत गरेका माधवले ‘मेलामा हराएकाभाइ भेट्टाएझैँ’ टक्क उभिएर फोटोसेसन गरे ।

आफैबाट विभाजनभएको नेकपाएकीकृत समाजवादीसँगएमाले नेताहरुको यो पहिलो औपचारिक भेटवार्ता वाकार्यालय प्रवेश थियो । यसअघि माधव नेपाल नेतृत्वको समाजवादीलाई एमाले नेतृत्वले पार्टी पनिमानेको थिएन । तर अहिले साथखोज्दै एमालेका दुई उपाध्यक्षसहितएक उपमहासचिव, एक सचिव र एक केन्द्रीय सदस्यलाई ओलीले आफ्नै दैलोमाभोट माग्न पठाएपछि माधव पार्टीले हैसियतपाएकोमागमक्क परेका छन् ।एमाले नेताहरुपनिआशावादीबन्दै फर्किएका छन् । तर समाजवादीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङलाई भोट नदिने स्पष्ट पारेको छ ।

पछिल्लो समय एमालेसँग समाजवादीलचक देखिएपनिआठ दलीय गठबन्धनमा उभिएर रामचन्द्र पौडेलको प्रस्तावक नै बसेको समाजवादीले समय घर्किएको, तर संवादकालागि सहजभएको भन्दै स्वागत गरेको छ । समाजवादीसँगै एमाले उम्मेदवार नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोसपा र जनतम पार्टीको कार्यालय वा नेताका घर धाएर भोट दिनबिन्तीबिसाएका छन् । तर कुनै दललेएमालेको कित्तामाउभिने स्पष्ट बचनदिएका छैनन् । र कुनै पनिदलले पार्टीबाट औपचारिक निर्णय गराएका छैनन् । यद्यपीएमाले नेताहरु भोटदिने ढुक्क भयो भन्दै निस्किरहेका छन् ।

नेम्वाङसँगएमालेभन्दा परको विश्वासिलो मतहात परेको छैन । तर विपक्षी आठ दलीयमोर्चाबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल ढुक्क छन् । सधैं सुनसानहुने पौडेल निवास बोहराटार राष्ट्रपतिमा सुनिश्चित जस्तै भएपछि कार्यकर्ताले भरिभराउहुनथालेको छ ।‘कालो चियाखुवाएर पठाउनुहुन्छ के जानु’भन्ने नेताकार्यकर्ता पनिआजभोलि दिनुहुँपौडेल निवासमै भेटिने गरेका छन् । आफ्नै उम्मेदवारले जित्ने पक्का जस्तै भएको भन्दै काँग्रेस नेताहरु पनिएमालेको घरदैलोमाथि टिप्पणी गर्दै खिसिटिउरी गरिरहेका छन् । आठ दलीय गठबन्धनसहितकोमजबुतमोर्चा आफ्नो विपक्षीमाउभिएका बेलाएमाले अध्यक्षओलीले सुवासचन्द्र नेम्वाङ जस्ता बलियापात्रलाई उम्मेदवार बनाउनुमै शंका छ ।

झनएक्लै उभिएको उसले जित्ने पक्का बनेको दाबीगर्दा अलमल र उल्झन एकैपटक बढेको छ ।एमाले महासचिवशंकर पोखरेलले फागुन २५ पछि काँग्रेस नेतृत्वको सरकार बन्ने दाबी गरेपछि एमालेकै उम्मेदवारले राष्ट्रपतिजित्ने सहमतिवा सरकार फेरबदलको गृहकार्य त होइन? केहीभ्रम र अन्योलता पैदा भएका छन् ।तर यसलाई विपक्षीहरु गठबन्धनभित्र खेल्ने र माहोल विथोल्ने एमाले नीतिका रुपमाबुझिरहेका छन् ।

किनकिएमालेका नेम्वाङले जितनिकाल्न कि गठबन्धन भत्किनुपर्छ, कि सरकारको नेतृत्वगर्दैराष्ट्रपतिमा नेम्वाङलाई जिताउनकाँग्रेस तयार हुनुपर्छ । जुनअहिले अहिलेको अवस्थामा सम्भावनाबाहिरको कुरा हो । फेरि एमाले अध्यक्षओलीमापनि राष्ट्रपतिमा जित्ने भावभंगी हराउँदै गएको छ । तर नेम्वाङले पार्टीभित्रकासीमितसहयात्रालाई बोकेर देश दौडाहजस्तो राष्ट्रपति दौडाहमा जुत्ता फटाईरहेका छन् । अबपरिणाम कस्तो आउँछ, फागुन २५ ले देखाउनेछ ।